गच्छदार र श्रेष्ठद्वारा पार्टी उपसभापतिमा दाबी


काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले बिहीबार उपसभापतिमा दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा बिहीबार नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आ–आफूले उपसभापति पाउनुपर्ने माग गरेका थिए। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए।

गच्छदारअघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दाबी पेस गरेका थिए । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार