एउटै बोटमा ५० थरिका स्याउ


बेलायत । स्याउ रोपेर कागतीको आस गर्न सकिँदैन । यो सर्वमान्य मान्यता हो । तर, एउटै जातको कुनै पनि फलफूल रोप्दा त्यसबाट कति किसिमका फल फल्न सक्लान् ?

सामान्यतया एक जातको फलफूलबाट कलमी गरेर तीन, चार, पाँचवटासम्म फरक किसिमका फल फलाउन सकिन्छ भनेर हामीले सुनेका छौं । तर, बेलायतका एक किसानले एक स्याउको बोटमा ५० थरिका स्याउ फलाएर सबैलाई आश्चर्य–चकित बनाएका छन् ।

बेलायतको वेस्ट सुसेक्सनिवासी किसान पिटर कोलेटले प्रयोगका रूपमा आफ्नो बागवानीमा फरक किसिमका १ सय ३० भन्दा बढी स्याउका बिरुवा रोपेका थिए । तीमध्ये एक स्याउको बोटमा कलमी गरेर पचास थरिका स्याउका बोट जोडे । उनको मिहिनेत खेर गएन । स्याउको बोटमा पचास थरिका फरक–फरक जातका स्याउ फलेपछि अचम्मित हुनुपर्ने नै भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार