हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना १५ दिनभित्रै तीव्र बनाइँदै


दुर्छिम (खोटाङ) । हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना कछुवा गतिमा अघि बढेपछि उपभोक्ताले दिवा महादेव खिम्ती जेभीलाई सचेत गराएका छन् ।

उपभोक्ता, राजनीतिक दललगायत सबै–सबैको तर्फबाट रूपेन्द्र राईले दिवा महादेव खिम्ती जेभीसम्बद्ध ठेकेदारलाई अविलम्ब काम तीव्र गतिमा अघि बढाउन सचेत गराएका हुन् ।

उपभोक्ताको सुझाएपछि हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना १५ दिनभित्र तीव्र गतिमा काम अघि बढाउने दिवा महादेव खिम्ती जेभीसम्बद्ध ठेकेदारले प्रतिबद्धता जनाएका छन् ।

हलेसी क्षेत्र वृहत् खानेपानी आयोजना समितिले ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गरेपछि तरुण दल खोटाङ कोषाध्यक्षसमेत रहेका राईले ठेकेदारलाई काम अविलम्ब तीव्र गतिमा अघि बढाउन सुझाएका हुन् ।

‘उपभोक्तालगायत सबै–सबैका तर्फबाट रूपेन्द्रकुमार राईले उठान गरेको विषय सही छ,’ हलेसी–तुवाचुङ नगरपालिका–७ वडासदस्य डिल्ली चाम्लिङले भने, ‘पानीविनाको जिन्दगानी कल्पनासमेत गर्न सकिँदैन । पानीमा राजनीति गर्न हुँदैन । गर्न खोज्नेलाई उपभोक्ताले कारबाही गर्नसमेत पछि पर्ने छैनन् ।’

समितिले ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गरेपछि उपभोक्ताले वृहत् खानेपानी आयोजनासम्बछ दिवा महादेव खिम्ती जेभीका ठेकेदारलाई सचेत गराउन बाध्य भएका हुन् ।

दूधकोसी नदीको पानी पम्पिङ प्रविधिबाट सुख्खा क्षेत्रमा खानेपानी आपूर्ति गर्न दसैंअघिबाटै सर्वे सुरु गरिएको थियो । सरकारले २०७१ वैशाख २२ मा हलेसीआसपासका क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार