मीनाको ‘डिम्पल मायालु’ मार्मिक


काठमाडौं । गायिका मीना राईको ‘डिम्पल मायालु’ शीर्षाकृत गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्ट कक्षबाट सुम्निमा क्रिएसन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विन ब्रो लक्षुमण गुरुङको शब्द रहेको म्युजिक भिडियोको गीतमा संगीतकार शान्तिराम राईको संगीत रहेको छ । भर्जिन भोइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज भने धीरज श्रेष्ठले गरेका हुन् ।

गीतकारसमेत रहेकी गायिका मीना राई, छमछमी सिजन–३ की फस्र्ट रनरअप मनिता राई र रूपकराज राईले अभिनय गरेको म्युजिक भिडियो छिरिङ लामा ह्योल्मो र देवराज गुरुङ निर्देशन गरेका हुन् ।

गाउँले इन्टरटेनमेन्ट प्रालिको पोस्ट प्रोडक्सनमा निर्मित म्युजिक भिडियोको इडिटिङ भिडियो एडिटर गंगाराम राईले गरेका थिए । विक्रम गौतमले शृंगार गरेको म्युजिक भिडियो काभ्रेको धुलिखेलमा छायांकन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार