कुखुराको मूल्य २ लाख


नेपालमा कुखुराको मूल्य त्यति महँगो छैन । विश्वका अन्य मुलुकमा पनि कालो कुखुराको मासु सर्वसाधारणले किनेर खान सक्नेखालकै छ ।

तर, अयम सेमानी प्रजातिको कुखुराको मूल्य भने सानोतिनो कमाइ हुनेले किनेर खान सक्दैनन् । दुई लाख रुपियाँ मूल्य पर्ने यो प्रजातिको कुखुरा कालो रङको हुने र यसको मासु तथा हड्डी पनि कालै हुन्छ ।

वैज्ञानिकहरूका अनुसार ‘फाइबरोमेलानेसिस’ का कारण यो नश्लका कुखुरा मासु कालो हुने गर्छ । यो कुखुरा मासु खाँदा प्रशस्तमात्रामा शक्ति प्राप्त हुने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

इन्डोनेसियाको जावा तथा सुमात्रा टापुमा पाइने यस्ता कुखुरा चीनमा भने शताब्दीयौंदेखि औषधि बनाउन प्रयोग गर्ने गरिन्छ । अति लोपोन्मुख नश्लको यो कुखुरा संसारभरि ४ हजारको हाराहारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार