युमीको योगदान (फोटो फिचरसहित)

देवासुर चाम्लिङ राई/कोहेइ आकिता

दुर्छिम (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा रहेको युमी स्कुलमा अध्ययनरत विद्यार्थीले वातावरण दिवसको अवसरमा ‘वृक्षरोपण गरौं, वनजंगल जोगाऊँ’ भन्दै र्याली निकालेको थियो ।

र्यालीमा निस्केका विद्यार्थीले ‘वातावरण सफा राखौं’, ‘प्लिज युज डस्बिन’, ‘वृक्षरोपण गरौं, वनजंगल जोगाऊँ’, ‘घर–आँगन सफा राखौं’, ‘स्वच्छ सफा वातावरण, राख्ने हाम्रो अभियान’ लगायत जनचेतनामूलक प्लेकार्ड बोकेका थिए । नगर परिक्रम गरेका उनीहरूले विद्यालय र नगरपालिका कार्यालयपरिसरमा सरसफाइ गरेका थिए ।

यसैगरी, युमी स्कुलमा ‘ग्रीनहाउस’ समेत बनाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार