अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन भदौमा


काठमाडौं । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन आगामी भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ ।

आसन्न सम्मेलनमा संविधानप्रदत्त मौलिक अधिकार प्रत्याभूतिका लागि यथाशक्य चाँडो कानुन बनाई स्नातक तहसम्म निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चितका लागि दबाब सिर्जना गरिने अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।

अध्यक्ष रायमाझीका अनुसार, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त माफियाकरण अन्त्य गर्दै वैज्ञानिक समाजावादी शिक्षा प्रणाली स्थापित गर्न निजी स्कुलको मनोमानी, चर्को शुल्क र सिन्डिकेट अन्त्यका लागि बलिदान दिनसमेत पछि नपर्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार