मोरङ । बुधबार राति ११ बजे विषालु सर्पले डस्दा वडाध्यक्षको मृत्यु भएको छ ।
सर्पले डस्दा धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।
शौचका लागि घरबाहिर निस्कँदा उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर अवस्थामा विराटनगरमा रहेको गोल्डेन अस्पतालमा उपचारक्रममा उनको मृत्यु भएको हो ।