ईष्र्यालाग्दो ‘इगलम्यान’

प्रकाश खालिङ

विश्वजित किराती (धनकुटा) लाई भेटे । त्यसताका किरातीले काठमाडौंबाट अन्तर्वार्ता साप्ताहिक पत्रिका प्रकाशित गर्थे । उनकै संगतले माओको पत्रकारिता यात्रा अन्तर्वार्ता साप्ताहिकबाट सुरु भयो । यो ०३८ सालको कुरा हो । उनले पत्रिकामा लेख, समाचार लेखनसँगै सम्पादनसमेत गर्थे । त्यहीबेला घल राई (कोङ्पी मासिक), कनकमणि दीक्षित
(हिमाल पत्रिका) सँग उनको सामिप्यता बढ्दै गयो ।
अन्तर्वार्ता साप्ताहिकको अलावा हिमाल पत्रिका, गोरखापत्र, मधुपर्क, न्युलाइट, विमर्शलगायत थुप्रै पत्रपत्रिकामा माओको लेख तथा साहित्यिक रचना प्रकाशित भए । उनले राजनीतिक, समसामयिक, साहित्यिक लेख लेख्थे । ०४२/०४३ सम्म पत्रकारिता गरेका उनले त्यसपछिको करिब पाँच वर्ष पत्रकारिताबाट अलग्गिए ।
फेरि पत्रकारितामै फर्के । आफैंले पत्रिका प्रकाशन थाले । उनले हिमालय नामक पत्रिका दर्ता गरेर प्रकाशन थाले । जतिखेर जनआन्दोलनको राप र तापबाट मुलुक शान्तिपूर्ण राजनीतिक मोडतर्फ उन्मुख भइरहेको थियो । मुलुकमा भर्र्खरै स्थापित वाक् स्वतन्त्रताको भरपुर सदुपयोग गर्दै उनले संस्कृति, संस्कार, इतिहास, साहित्य, पर्यटन तथा ‘प्रोफाइल’ र अन्तर्वार्तालाई प्राथमिकतामा राखेर हिमालय पत्रिका प्रकाशित गर्थे । यो क्रम १४ अंकसम्म निरन्तर चल्यो । हिमालय ०५२ सम्म प्रकाशन भयो । प्रतिअंक एकदेखि पाँच हजारसम्म छापिने उनको पत्रिका प्रकाशनार्थ टेकचन्द्र पोखरेल, गीता राणा, लाक्पा सोनाम शेर्पा, रामकुमार लिङ्देनले विज्ञापन दिएर सहयोग गरेका थिए । करिब नौ वर्षे पत्रकारिता यात्रामा उठबस गरेका उनी किराती समुदायबाट सोलुखुम्बुको पत्रकारिता क्षेत्रमा जम्ने र रम्ने पहिलो व्यक्ति हुन पुगे ।
त्यसपछि सक्रिय पत्रकारितामा नदेखिए पनि त्यतिबेलाको सीप र जनसम्पर्कका आधारमा उनी बीमा क्षेत्रसँग सम्बन्धित काम गरेर सफलताको सिँढी चढ्दै छन् । पत्रकारिता गर्दैगर्दाको मिल्ने साथी पुरुषोत्तम सुवेदी (कवि), जो राष्ट्रिय बीमामा राम्रै तहमा थिए । उनै सुवेदीको लहैलहैमा माओ बीमासँग नजिक भए । त्यसको ‘एजेन्ट’ भएर थुप्रैका सेवा गरे र पत्रकारिता गर्दाको ‘पब्लिक रिलेसन’ को दायरा फराकिलो बनाउँदै लगे । काम गर्दै गएपछि एलिको नामक अमेरिकन बीमा कम्पनीको लाइसेन्स लिएर काम थाले । एलिकोमा गएपछि भने उनको बीमा क्षेत्रको यात्रा चम्किन थाल्यो । जतिखेर १३ सयजनासम्म आफ्नो मातहतमा बीमा गराउन सफल भए ।
‘पत्रकारिता क्षेत्रमा नलागेको भए मैले त्यत्तिको जनसम्पर्क बढाउन सक्दिनथें । त्यो सीप सायद हुँदैनथ्यो,’ उनी भन्छन्, ‘अहिले जुन अवस्थामा आइपुगेको छु । पत्रकारिताले मलाई धेरै सिकाएको छ ।’
बीमामा राम्रो काम गरेबापत सन् २००३ टप इटाली च्याम्पियन काउन्सिल पुरस्कार प्राप्त गरेका उनले पुरस्कारसँगै ‘इगलम्यान’ उपनामसमेत पाए । कन्सल्टेन्ट एजेन्सी म्यानेजरमा पदोन्नति भए । मिडलिस्टको रिजनल ‘डाइरेक्टर’ को हातबाट इटालीमा ग्रहण गरेका उक्त पुरस्कार दुई हजार डलरको थियो । त्यसपछि अमेरिकाको ट्रपिकल एड्भेन्चर पुरस्कारसमेत हात पारे । अमेरिकामा भएको उक्त पुरस्कार पाँच हजार डलरको थियो । यो पुरस्कार पाउने सीमित व्यक्तिमध्ये माओ राई पर्छन् ।
पत्रकार माओ राईको व्यावसायिक यात्रा यत्तिमै सीमित रहेन । काम गर्दै जाँदा सगरमाथा फाइनान्स बोर्ड सदस्य रहेर लामो समय काम गरे । उनी हिजोआज हरियो नेपाल अभियानमा छन् । ग्रीनबेल्ट नामक संस्थाका संस्थापक निर्देशकसमेत रहेका उनले हरियो नेपाल अभियानअन्तर्गत सालिन्दा नेपालका विभिन्न भू–भागमा वृक्ष रोपन गर्छन् । ‘बिरुवाविनाको जीवन अपूरो हुन्छ,’ उनको मान्यता छ, ‘त्यसैले सबैले वृक्ष रोपन गरेर हरियो नेपाल बनाउनुपर्छ ।’
जीवन जिउने हरेकका आ–आफ्नै तरिका हुन्छन् । कोही भौतिक सुखसयलमा रम्छन् त कोही आफ्नै दुनियाँभित्रको सांसारिक सुखानुभूत गर्दै निश्चित लक्ष्य पछ्याउँछन् । माओ राई यलुङ यस्तै एक उदाहरणीय व्यक्तित्व हुन्, जसले आफ्नो जीवनका हरेक अंश अरूभन्दा फरक तरिकाले जिइरहेका छन् ।
संवत् २०१८ पुस १८ गते बुवा नन्दबहादुर राई र आमा विबालक्ष्मी राईको कोखबाट सोलुखुम्बु मुक्ली ओगामा जन्मेका माओले आफ्नो पत्रकारिता यात्रामा यलुङ किरात नामबाट आफूलाई चिनाए । लाहुरे बाबुका तेस्रो सन्तानका रूपमा जन्मेका उनको बाल्यकाल गाउँमै बित्यो ।
दस वर्ष पुग्दानपुग्दै बुवाको निधन भएपछि माओको बाल्यकाल कष्टकर बन्यो । गाउँकै एक स्कुलमा कक्षा तीनसम्म पढेका उनको १४ वर्षमै बिहे भयो । त्यतिबेला गाउँबाट दार्जिलिङ जाने चलन थियो । उनी भने दार्जिलिङको सट्टा काठमाडौं झरे ।
तीन सय रुपैयाँ बोकेर ०३१ सालमा काठमाडौं झरेका उनको दुःखको अर्को अध्याय सुरु भयो । तर, उनी कहिल्यै आत्तिएनन् । हजार अप्ठ्यारा छिचोल्दै ०३३ मा काठमाडौंको विजय मेमोरियल हाइस्कुल भर्ना भए । गाउँमा तीन कक्षामात्रै पढेका उनी काठमाडौंको विजय मेमोरियलमा भने एकैचोटि सात कक्षामा भर्ना भए । स्कुलबाहेकका समयमा उनी पर्यटन क्षेत्रमा काम गर्थे । उनले ०३८ मा एसएलसी उत्तीर्ण गरे । स्कुले जीवनमा काम गर्दैगर्दा उनले विदेशी साथीहरू बनाइसकेका थिए । तिनै साथीहरूमार्फत एसएलसी सकेलगत्तै ०४९ मा उनले फ्रान्स र स्वीट्जरल्यान्ड घुम्ने अवसर पाए ।
विदेशबाट फर्किएपछि अमृत साइन्स क्याम्पसमा आईएस्सी भर्ना भए पनि उनले कलेजको किताब देखेपछि पढ्ने आँट गरेनन् । नभन्दै ६ महिनाको अस्कल यात्रापछि उनले क्याम्पस नै परिवर्तन गर्ने निर्णयमा पुगे । यसबीचमा उनले काम गर्न छोडेका थिएनन् । केही समय ग्यालेक्सी बोर्डिङ स्कुलमा पढाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार