संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य

Gokarna Bistaनेपालगन्ज । एमाले नेता गोकर्ण विष्टले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

एमाले बाँकेद्वारा कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा उनले भने, “लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।”

नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताउँदै जनताको सर्वोच्चतालाई चुनौती दिनेलाई पाखा लगाउनुपर्छ भने । उनले थपे, ‘आफ्नो दल निर्वाचनको पक्षमा छ, सरकारले निर्वाचनको मिति तत्काल घोषणा गरी संविधान कार्यान्वयनको बाटो सहज बनाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार