हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले बुद्धचित्त रोपेपछि

असल चरित्र

हलेसीगढी (दुर्छिम) । उपस्थित सबैले पररर्र ताली बजाएको सुनियो । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले हलेसीगढी प्रवेशद्वार उद्घाटन गर्दै रिबन काटेपछि उपस्थित सबैले ताली बजाएका थिए । त्यतिबेला ठ्याक्कै १२ः४३ बजेको थियो ।

यो २०७५ असार २७ गतेको कुरा हो । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिमको चन्डिडाँडा (रावाचुङ) मा निर्मित हलेसीगढी उद्घाटन समारोहमा हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राई र प्रमुख प्रशासकीय अधिकृत अनिल किराती त्यत्तिकै उज्यालो देखिन्थे । साथमै थिए– हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारीलगायत ज्येष्ठ नागरिक, विभिन्न राजनीतिकदलसम्बद्ध नेता तथा नगरवासी ।

हलेसीगढी उद्घाटनलगत्तै नगरप्रमुख राईले बुद्धचित्तको बिरुवा रोपे । उनले बिरुवा रोपेपछि उपप्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत अनिल किराती, वडाध्यक्ष तिवारीलगायत १ सय ४९ जनाले विभिन्न प्रजातिका बिरुवा रोपे । नगरपालिकाका ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलगायतबाट विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।

बिरुवा रोपिसकेपछि औपचारिक कार्यक्रम सुरु भयो । नगरप्रमुख राईले हलेसीगढीको ऐतिहासिकता प्रस््याए । सांस्कृतिक पक्ष उजागर गरे । हलेसीगढीको ऐतिहासिकता सुनाउँदै गर्व गरे । उनले हलेसीगढी, खाम्तेलगढी, भुम्जुगढी र किरातीको उद्गमस्थल तुवाचुङको समेत चर्चा गरे ।

नगरप्रमुख राईले तुवाचुङ, हलेसीगढी, खाम्तेलगढी र भुम्जुगढी वृहत् एकीकृत गुरुयोजना बनाई पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना सुनाए । उनका अनुसार, हलेसी पुगेका पर्यटकलाई तुवाचुङ, हलेसीगढी, खाम्तेलगढी र भुम्जुगढी पुर्याउन सके स्थानीय लाभान्वित हुने सुझाउँदा फेरि पररर्र ताली बजेको परैबाट सुनियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार