१५ दिनको भेटी १ लाख ३४ हजार

सयन्द्र राई

हलेसी । हलेसी महादेव मन्दिरमा चढाइएको १५ दिनको भेटी १ लाख ३४ हजार ७३५ रहेको छ । यो गत साउन १ देखि १५ गतेसम्म तीर्थालुले चढाएको भेटी हो ।
मन्दिर व्यवस्थापन अध्यक्ष गजुरमान राई, मन्दिर व्यवस्थापन समिति पुजारी गोपाल गिरी, हलेसी विकास समिति प्रतिनिधि सर्वधन बस्नेत, हलेसी तुुवाचुङ नगरपालिका प्रतिनिधि सयन्द्र राई र इलाका प्रहरी कार्यालय हलेसी प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको रोहबरमा १५ दिनको भेटी गनिएको हो ।
तीर्थालुले १५ दिनमा चढाएको भेटी १ लाख ३४ हजार ७३५ रहेको छ । त्यसमध्ये १ लाख ३२ हजार ३१५ नेपाली र २ हजार ४२० भारतीय रुपैयाँ रहेको छ । संकलित रुपैयाँ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिका एक–एकजना प्रतिनिधिको रोहबरमा माछापुच्छ«े बैंक हलेसीमा संयुक्त खाता खोली जम्मा गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गजुरमान राईले जानकारी गराए ।
संकलित भेटीमध्ये शिव–पार्वती मन्दिरबाट १ लाख ९ हजार ५०५ नेपाली र २ हजार ४२० भारु रहेको थियो भने शिव–पार्वती मन्दिरको दान बाकसबाट ३१ हजार ३६५ रहेको थियो । भेटीका अलावा चाँदीको डमरु भएको त्रिशूल एक थान, चाँदीको दियो एक थान र चाँदीको त्रिशूल दुई थान रहेका छन् ।
त्रिधार्मिक स्थल हलेसीको आम्दानी पारदर्शी बनाउन मन्दिर व्यवस्थापनलाई हलेसी तुवाचुङ नगरपालिकामातहत ल्याई मन्दिर व्यवस्थापन समितिको संयुक्त खातामा जम्मा गर्न थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार