विश्वकै सर्वाधिक लामो खुट्टा


गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सन् २०१८ का लागि प्रकाशित गरेको ६३औं संस्करणको पुस्तकमा सर्वाधिक लामो खुट्टा भएकी महिलामा रूसकी इकातेरिना लिसिनाको नाम छ ।

बास्केटबलकी २९ वर्षीया खेलाडी लिसिनालाई गिनिज बुकले आफ्नो पछिल्लो संस्करणमा समावेश गरेपछि स्थानीय टेलिभिजन आईटीभीले अन्तर्वार्ताका लागि बोलाएको थियो । उभिएर अन्तर्वार्ता लिनेक्रममा पत्रकारलाई अप्ठ×ारो भएपछि सानो भर्याङमा चढेर उक्त कार्यक्रम सञ्चालन गर्नुपरेको थियो ।

६ फिट ८ दशमलव ७७ इन्च अग्ली लिसिनाको खुट्टा ५२ इन्च अग्लो छ । रूसकै सर्वाधिक ठूलो पैताला भएकी महिलाका रूपमा समेत रेकर्ड बनाएकी लिसिनालाई लामो खुट्टा भएकै कारण बास्केटबल र मोडलिङमा फाइदा पुगेको छ ।

सार्वजनिक स्थलमा हिँडडुल गर्दा धेरैको ध्यानाकृष्ट गर्न सफल भएकाले पनि भीडमा आफू सधैं अलग देखिने उनको अनुभव छ । लिसिनाको घरपरिवारमा सबैजना अग्ला नै छन् । उनका बुवा ६ फिट ५ इन्च अग्ला छन् भने आमा ६ फिट १ इन्च अग्ली छिन् ।

(साप्ताहिक)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार