मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।

महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए ।

‘पहिले दैनिक १५–२० ट्याक्सी कारबाहीमा पर्थे,’ महाशाखाका सहप्रवक्ता मरासिनीले थपे, ‘अहिले कारबाही बढेको छ । उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरे ।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले ३ हजारदेखि ५ हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जना परिचालन गरिएको बताए ।

महाशाखाले चालु आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झन्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार