शेरबहादुर देउवा सुन्या छाउ तमिले ?

अनिल किराती

धनबहादुर देउवा । देउवाले चार भैंसी पालेका छन् । ‘स्पेसल’ खीर बेच्छन् । पानी नहालेको दूधको चियासमेत बेच्छन् । उनको पसलबाट खुवा, कुराउनी, पुष्टकारी, पेडा किन्नेको सानोतिनो भीडभाड नै लाग्छ ।

पसलको नाम : बाजेको खीर पसल ।

स्थान : साहुखर्क, डडेल्धुरा ।

बाजे (धनबहादुर) ले हुक्का तान्दै गर्दा सामान्य कुराकानी भयो । सेल्फी खिच्न आग्रह गरियो । सजिलै माने । चिया पिइयो । पुस्टकारी किनियो । अलिकति खीर खाइयो । छेउमा एकजना सहयोगी थिए । सायद घाँस काट्न सघाउँथे । उनी बज्यैसँग घाँसको भारी बोकेर आएका थिए । सहयोगीले भने, ‘शेरबहादुर देउवा सुन्या छाउ तमिले ? धनबहादुर देउवाका आफ्नै काका हुन् ।’

‘ऊ तहीँ तल त हो,’ चोरऔंलाले तलको एउटा डिल देखाउँदै उनले फेरि भने, ‘शेरबहादुरको घर ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार