सामाजिक अभियन्ता सुवेदी भन्छिन्– महिलाभन्दा पुरुषको विश्वास


काठमाडौं । सामाजिक अभियन्ता सावित्री सुवेदीले महिलाभन्दा पुरुषको विश्वास लाग्ने बताएकी छन् ।

सामाजिक अभियन्ता सुवेदीले तेस्रो आँखा डटकमसँग भनिन्, ‘बलात्कारविरुद्ध सामाजिक अभियानमा महिलाभन्दा पुरुषको साथ–सहयोग रहेको छ । उनीहरूकै विश्वास पनि लाग्छ ।’

‘मेरो अभियानमा ९५ प्रतिशत पुरुषले सहयोग गरेका छन्,’ उनले थपिन्, ‘महिलालाई सहयोग माग्दा नजानिँदोपाराले असहयोग गर्छन् । रिस गर्छन् । महिलालाई सहयोग माग्दा यो माथि पुग्छे भनेर खुट्टा तान्नसमेत खोज्छन् ।’

बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी उनले महिलालाई सहयोग माग्न छाडेको बताइन् । ‘आवश्यक पर्दा पुरुषलाई सहयोग माग्छौं । उहाँहरूले सहयोग गर्नुभएको पनि छ,’ राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनले थपिन्, ‘पुरुषसँग रहँदा सुरक्षित ठान्छौं । महिलासँग रहँदा त के हो, के हो ? अप्ठ्यारोमा लगेर धकल्दिने पो हुन् कि भनेर डर लाग्छ ।’

सामाजिक अभियानक्रममा साह्रोगारो परेको बेला सहयोग माग्न अप्ठ्यारो नमान्ने उनले खुसाला गरिन् । भनिन्, ‘अप्ठ्यारो परेको बेला सहयोग माग्छु । कसैले प्लेन टिकट व्यवस्था गरिदिन्छन् । कसैले क्यास पनि दिन्छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार