जंगलमा नाङ्गै बस्नेहरूको अंग्रेजी फरर्र

 दीपेन्द्र राई

फर्कुंफर्कुं लाग्यो

‘गेटपास पाएपछि सिधै हङकङ पुर्याए । त्यहाँ पुगेपछि सैनिक अभ्यास सुरु भयो,’ भूतपूर्व गोर्खा सैनिक दयाकृष्ण राईले सन् १९८४ डिसेम्बरको अतीत सम्झे, ‘सैनिक अभ्यास गर्न गाह्रो लाग्यो । अनुमति दिएको भए त्यही दिन नेपाल फर्कुंफर्कुं लागेको थियो ।’
सैनिक अभ्यास गर्न गाह्रो भए पनि गर्नैपथ्र्याे । नगरी सुखै थिएन । गेटपास पाउन गरेको तालिमभन्दा रिक्रुट तालिम गर्न गाह्रो थियो । तालिमको पहिलो दिन ‘टे«निङ डिपोट’मा अपरिचित अनुहारै अनुहार देख्दा झनै बैराग लागेर आयो । तालिम गर्दै जाँदा ‘टे«निङ डिपोट’ जाउँजाउँ लाग्न थाल्यो । जहाँ हामीलाई तालिम दिइन्थ्यो । म रत्तिँदै गए छु ।

सजाय ! सजाय ! ! सजाय ! ! !

१४/१४ जनाको सेक्सन बनाएर हामीलाई राखेका थिए । आपसमा घुलमिल हुँदै गयौँ । बिहान–बिहान तीन माइल दौडनुपथ्र्याे । नौ मिनेटभित्र तीन माइल दौड पूरा गर्नुपथ्र्याे । नगरे सजाय पाइन्थ्यो । गुरुजीले निर्मम सजाय दिन्थे ।
अनुशासन उस्तै कडा । खुला तरिकाले बोल्न नपाइने । हाँस्नु त परै जाओस् । आफूभन्दा सिनियरले बोलाउँदा उठेर ‘एटेन्सन’ हुनुपर्ने । खुट्टा जोडेर तनक्क तन्केन भने पनि सजाय नै पाइन्थ्यो । सैनिक जीवनमा सजाय ! सजाय ! ! सजाय ! ! ! फेरि पनि सजाय ।

चीनमा कम्युनिस्ट शासन थियो भने बेलायतको उपनिवेश भएकाले हङकङमा भने स्वतन्त्रता थियो । त्यही भएर चिनियाँ नागरिक हङकङ जान चाहन्थे । त्यसरी जान चाहनेलाई हामीले समातेर फिर्ता पठाउनुपथ्र्यो ।

मलाई अंग्रेजी भाषामा कुराकानी गर्न त्यति समस्या परेन । तर, भाषाभन्दा पनि सैनिक अभ्यास गर्न गाह्रो लाग्यो । सैनिक अभ्यासअन्तर्गत पौडी खेल्न झनै गाह्रो । पहाडको खोलामा पौडी खेल्ने गरेको मलाई स्वीमिङ पुलको अचल पानीमा १०० मिटर पौडिन कम्ती सकस परेन ।

हङकङबाट बु्रनाई

हङकङ पुगेको साढे चार वर्षपछि हाम्रो बटालियन नै बु्रनाई सरुवा भयो । बटालियनमा एक हजारजना थियौँ । हाम्रो पल्टनको मात्रै ८० (१९८४ मा भर्ना भएका नम्बरी) जना थियौँ । त्यहाँ दुई वर्ष रह्यौँ । ब्रुनाईमा पनि सैनिक अभ्यास नै गरेँ । ‘प्रमोसन कोर्स’ गरेरै ब्रुनाई बसाइ पूरा भयो ।
नेपालमा हासिल गरेको शिक्षाले ‘प्रमोसन कोर्स’मा थोर–बहुत सघाउ पुर्याउँछ । नेपालमा पढेर गएकालाई ‘प्रमोसन’का लागि केही हदसम्म सरल र सहज हुँदोरहेछ । ब्रुनाई रहँदा त्यहाँका सेनासँग कहिल्यै देखभेट गर्न पाइएन । गोर्खालीले ब्रुनाईका सुल्तानलाई सुरक्षा दिँदै आएको छ । ब्रुनाईमा रहेका गोर्खाली बटालियन प्रत्येक दुई/दुई वर्षमा परिवर्तन भइरहन्छ ।

कामै मानिस समात्ने

ब्रुनाईबाट फेरि हङकङ फिर्ता भयौँ । त्यहाँबाट फर्केपछि चीन र हङकङको सिमानामा ड्युटी पर्यो । चीनमा कम्युनिस्ट शासन थियो भने बेलायतको उपनिवेश भएकाले हङकङमा भने स्वतन्त्रता थियो । त्यही भएर चिनियाँ नागरिक हङकङ जान चाहन्थे । त्यसरी जान चाहनेलाई हामीले समातेर फिर्ता पठाउनुपथ्र्यो । हाम्रो बटालियनले पनि सालिन्दा एकपटक त्यो काम गर्नुपथ्र्यो ।

बिग्रँदै बेलायती सम्यता

ब्रुनाईबाट बेलायत गएँ । त्यहाँ २०/२२ तालिम गरियो । जहाँ युद्ध हुन्छ बेलायतमा रहेका पल्टन त्यहाँ पुग्न तम्तयार हुनुपर्छ । पहिलोपटक बेलायत पुग्दा आश्चर्य लाग्यो त्यहाँको सडक त्यत्तिकै चिल्ला र सफा देख्दा । बेलायती सभ्यता झनै लोभलाग्दो थियो । तर, हिजोआज बेलायती सभ्यता चर्चायोग्य छैन । बेलायतका सडक पहिलेको जस्तो चिल्लो र सफा देखिँदैनन् ।

बेलायतबाट जर्मनी

बेलायतबाट सैनिक अभ्यासकै लागि जर्मनी गएँ । त्यहाँ पनि महिना दिन सैनिक अभ्यासमै बित्यो । नेपाली र बेलायती गुरुले हामीलाई तालिम दिए । गोर्खालीलाई विभिन्न देशमा लगेर तालिम गराउनुका कारण विदेशको भूगोल, वातावरण बुझाउनलाई हो । कुन बेला कहाँ युद्ध हुन्छ त्यहाँ पुगिहाल्नुपर्ने भएकाले गोर्खालीलाई विदेश लगीलगी तालिम दिइने गरिन्छ । म जर्मनीबाट फेरि बेलायत नै फर्कें ।

औंलाले घोचेर खानेकुरा माग्दा

फ्रान्स र जर्मनीमा अंग्रेजी भाषा बोल्न मान्छे कमै भेटिँदा रहेछन् । बोलिहालेमा पनि बेवास्ता गर्दा रहेछन् । कतिले त अंग्रेजी भाषा बुभ्mदै बुभ्mदैनन् । हामीले एक रेस्टुरेन्ट पसेर अंग्रेजी भाषामा खानेकुरा माग्दा उनीहरूले बुझ्दै बुझेनन् । त्यसपछि बाध्य भएर औँलाले घोचेर खानेकुरा मागेका थियौँ ।

जंगलमा बस्ने नि अंग्रेजी बोल्ने

फ्रान्सपछि केन्या गएँ । त्यहाँ पुग्दा हामीलाई कतिले जापानी भने । त्यहाँको जंगलमा बस्ने मसाइ वारियर (केन्याका एक जाति) नाङ्गै हिँड्दा रहेछन् । उनीहरू भोकभोकै हिँड्ने गर्छन् । आफूसँग केही नभएपछि उनीहरूले हामीलाई खानेकुरा माग्थे ।
उनीहरूले गाई पाल्दारहेछन् । दूध दोहेर काँचै खाँदारहेछन् । उनीहरूले नशा पहिल्याएर धारिलो हतियारले घोपेर गाईको रगत काँचै पिउँदारहेछन् । जंगलमै बसे पनि उनीहरू अंग्रेजी बोल्छन् । खेती गर्नलाई उर्वर भूमि छैन । मसाइ वारियरलाई देखेपछि मलाई नेपालको राउटेको सम्झना आयो ।

केन्यामा भारतबाट गएका प्रशस्तै भारतीय भेटिए । केन्याको राजधानी नैरोवीमा भारतीय मुलका नागरिकले ठुल्ठूला उद्योगधन्दा चलाएका छन् । त्यहाँका हलमा भारती फिल्मसमेत देखाइन्छन् ।
केन्याबाट फर्केको ५/६ महिनापछि ‘रिटायर्ड’ भएँ । म सन् १९९७ मा कटौतीमा परेको हुँ । नोकरी गरेको साढे १२ वर्ष भए पनि तीन वर्ष थपेर १५ वर्ष पुर्याई हामीलाई पेन्सनमा पठाइयो । अवकाश हुनुअघि गोर्खालीलाई एकमहिने तालिम दिइन्छ । तालिम दिनुको उद्देश्य भनेको सम्बन्धित व्यक्ति नेपाल फर्केपछि आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर नै हो । सम्बन्धित व्यक्तिले इच्छाएअनुसार सीपमूलक तालिम लिन पाइन्छ । मैले ‘ड्राइभिङ’ सिकेको थिएँ ।

बाह्रघन्टे ड्युटी

बेलायतबाट फर्केपछि जापान पुगेँ । म १९९६ मा जापान पुगेको हुँ । त्यहाँ गाडी कम्पनीमा काम गरेँ । मेसिनको तालमा १२ घन्टा काम गर्नुपथ्र्याे । सुरु–सुरुमा मेसिनको तालमा काम गर्न निकै गाह्रो भयो । म सात वर्ष जापानमा बसेँ । त्यतिन्जेलसम्म काम गर्ने बानी परिसकेको थियो ।

साहित्यका कुरा

गोर्खा भर्ती हुनुभन्दा पहिलेदेखि नै साहित्य लेख्न गर्थें । विद्यालय तहमा पढ्दा प्रत्येक शुक्रवार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्यिक कार्यक्रम पनि हुन्थ्यो । सो कार्यक्रममा म पनि सहभागी हुन्थेँ । भर्ती भएपछि पनि साहित्य सिर्जनाले निरन्तरता पायो । त्यसैको निरन्तरताले मेरो ‘लाहुरेको कथा र जापानको व्यथा’, ‘ईश्वरको मलामी’ कवितासंग्रह, ‘सम्झनाको आलिंगनमा बाँधिएर’ नियात्रासंग्रह र ‘पागल दार्शनिकको अभिव्यक्तिहरू’ निबन्धसंग्रह सार्वजनिक छन् ।

उनीहरूले गाई पाल्दारहेछन् । दूध दोहेर काँचै खाँदारहेछन् । उनीहरूले नशा पहिल्याएर धारिलो हतियारले घोपेर गाईको रगत काँचै पिउँदारहेछन् ।

फेरि बेलायत

बेलायत सरकारले आवासीय भिसा दिने व्यवस्था मिलाएपछि म फेरि बेलायत पुगेँ । त्यहाँदेखि अहिलेसम्म बेलायतमै छु । बेलायत–नेपाल पानीपँधेरो जस्तै भएको छ । कहिलेकाहीँ मेरो लाहुरे जीवन सम्झन पुग्छु– १२ वर्ष गोर्खा भर्तीमा रहँदा सैनिक अभ्यास गरेरै बिताएँ । सो अवधिमा कहीँ, कतै युद्धमा जान परेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार