४ सय वर्षअघिको ‘बुक्टोखिम’

नुनथला, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको खाम्ला पुछार । स्योनामारसेनेमा खोला र दिखुवा खोलाकिनारमा अवस्थित बुक्टोखिम (ओडारघर) । जहाँ किरात राई चाम्लिङ राखमिहँछा पाछाका प्रथम पुर्खा हँतोलुङरहोंतोलुङले सुरूवाती जीवन निर्वाह गरेका थिए ।

‘उनै हँतोलुङरहोंतोलुङका सन्तान आज वल्लो खाम्ला, पल्लो खाम्ला र तल्लो खाम्लामा बसोवास गरिरहेका छन्,’ स्थानीय भीमराज राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यतिमात्रै होइन, विभिन्न जिल्ला र विदेशमा समेत स्थायी या अस्थायी रूपमा बसोवास गर्दै आएका छौं ।’

‘तिनै पुर्खाका सन्तानले उहाँलाई शिरमा राखी राखमिहँछा पाछाको वंशावली प्रकाशन अन्तिम चरणमा पुगेको सुखद खबर छ,’ राईले सुनाए, ‘साढे चार सय वर्षअगाडि उनले बास लिएको अमिट ओडारघरको तस्बिर हजुरसमक्ष साझेदारी गर्न पाउँदा गौरवान्वित छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार