‘नर्वेमा रहे पनि ढिँडो र सिस्नु मिस गरिरहन्छु’


प्रनिशा राई चार वर्षदेखि नर्वेमा कार्यरत छिन् । पुख्र्यौली घर खोटाङको बाक्सिला हो । नर्वेमा रहे पनि नेपाल र नेपालीबाट टाढिन सक्दिनन् । सक्ने कुरा पनि भएन । नर्वेमा नर्सिङ पेसामा आबद्ध उनको भनाइ छ, ‘मेरो भाषा, संस्कार, संस्कृति, मैले लगाउने जातीय पहिरन, मेरो जात र मैले मनाउने चाडबाड नै मेरो पहिचान हो ।’

नेपालको केचाहिँ ‘मिस’ गरिरहनुहुन्छ ?

कोदोको ढिँडो र सिस्नु असाध्यै मिस गरिरहन्छु । सिस्नु घर (नेपाल) बाट पठाइदिइरहनुहुन्छ । कोदोको पीठो नर्वेमा पनि किन्न पाइन्छ । त्यसैले ढिँडो र सिस्नु खाइरहन्छु ।

कति–कति समयमा ढिँडो र सिस्नु खानुहुन्छ ?

दुई महिनामा एकपटक खाने गरेकी छु । पकाइरहने समय हुँदैन ।

आफैंले पकाउने हो नि ?

हो नि ।

ढिँडो र सिस्नु पकाउन कति सयम लाग्ला ?

दुवै पकाउन आधा घन्टा समय छुट्ट्याउनुपर्छ ।

आफूमात्रै खाने कि साथीहरूलाई पनि खुवाउने ?

आफूले मात्रै खाने हो । साथीहरू नर्वेकै छन् । उनीहरूले ढिँडो र सिस्नु खाँदैनन् ।

सिस्नु त घरबाट आउँदोरहेछ । कोदाको पीठोचाहिँ कहाँबाट ल्याइन्छ ?

कोदाको पीठो नर्वेमै किन्न पाइन्छ । म बस्ने एरियामा नपाइए पनि नर्वेको क्यापिटल सिटीमा पाइन्छ । म अलि टाढाको सिटीमा रहे पनि क्यापिटल सिटी जाँदा किनेर ल्याउने गरेकी छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार