तेस्रो आँखा डटकम संस्थापक सम्पादक यक्सोको बिदाइ


काठमाडौं । तेस्रो आँखा डटकम संस्थापक सम्पादक सुरेश यक्सोलाई बिदाइ गरिएको छ । तेस्रो आँखा डटकम सञ्चालक समितिको मंसिर ९ गते काठमाडौंमा बसेको बैठकले यक्सोलाई बिदाइ गरेको हो ।

संस्थापक सम्पादक यक्सोले तेस्रो आँखा डटकमलाई यहाँसम्म ल्याइपुर्याउन निर्वाह गरेको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै बैठकले विशेष धन्दवाद ज्ञापन गरेको छ ।

वैदेशिक रोजगारीक्रममा हङकङमा रहेका उनले साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । साहित्यका अलावा समसामयिक विषयमा उनले लेखेका लेख–रचना विभिन्न पत्रपत्रिका तथा अनलाइन म्यागेजिनमा पढ्न पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार