फलैंचा रेष्टुरेन्टमा देउसी–भैलो समापनसँगै सांस्कृतिक कार्यक्रम


काठमाडौं । दुमी किरात राई फन्सिकिम र चतुरमान राई उपचार सहयोग समितिले लामो समयदेखि मिर्गौला उपचार गरारहेहेका केपिलासगढी गाउँपालिका–४ बाक्सिला बोया खोटाङनिवासी चतुरमान राई ९राम जौंले० लाई सहयोगार्थ फलैंचा रेस्टुरेन्टमा देउसी–भैलो समापन तथा सांस्कृतिक कार्यक्रम गरेको थियो ।

दुमी किरात राई फन्सिकिमले स्वदेश तथा विदेशमा रहेका दुमी किरात राईको वंशावली संकलन तथा प्रकाशनार्थ उद्देश्यले यसपटक देउसी–भैलो खेले पनि देउसी–भैलो समापन भने चतुरमणि राई उपचार सहयोग समितिसँगको सहकार्यमा २०७१ देखि मिर्गौला उपचार गराइरहेका राईको मिर्गौला प्रत्यारोपण सहयोगार्थ समर्पित गरिएको फन्सिकिम तथा सहयोग समितिले जनाएको छ ।

काठमाडौंको चाबहिल सरस्वतीनगरमा रहेको फलैंचा रेस्टुरेन्टको आँगनमा सम्पन्न देउसी–भैलो सपमापन तथा सांस्कृतिक कार्यक्रममा मानवीय सहयोगका लागि इच्छुक महानुभावको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा चर्चित कलाकारको समेत सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वी नेपालमा प्रचलित मारुनीनाच समेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार