पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ ।

कलेजो क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको मंगलबार बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिइन् ।

सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए ।

विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रूपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार निवासमै राखिनेछ भने बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी गराइन्।

पूर्वप्रधानमन्त्री गिरीका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार