भूपू गोर्खा मेजर भन्छन्– गोर्खा कम्युनिटी, नेपाल बनाऔँ

भूतपूर्व गोर्खाली धेरै छन् । तर, मेजर लक्ष्मीप्रसाद गुरुङजस्तो गोर्खाली भने कमै छन् । गुरुङले गोर्खाली समुदाय, राष्ट्र र जनताका लागि योगदान पुर्याउने उद्देश्यले पोखरामा ‘गोर्खा कम्युनिटी’ नामक संस्था स्थापना गरी सञ्चालन गर्दै आएका छन् । उक्त संस्थाले गोर्खा सहकारी, उपभोक्ता पसल, रेडियो र ज्वेलर्स सञ्चालन गर्दै आइरहेको छ । स्वदेशमै विभिन्न व्यापार व्यवसायमा लगानी गरी मुलुकको आर्थिक समृद्धि गराउने र रोजगारी दिलाउने उनको अभियानमा सबैको सहयोग र सहकार्य खाँचो पर्छ ।
४१ वर्ष नोकरीक्रममा उनले ३० वर्ष ब्रिटिस आर्मी, ब्रिटिस क्याम्पको जीएम, आठ वर्ष जीआरयु र तीन वर्ष जीआरयु लेजन अफिसरमा काम गरेका छन् ।

गोर्खा कम्युनिटी कस्तो संस्था हो ?
पोखराका गोर्खा समुदायद्वारा पोखरामै सञ्चालन गर्दै आइरहेकोे संस्था हो । गोर्खाली समुदायको पहिचानका लागि गोर्खाली समुदयाद्वारा नै सामूहिक लगानी गर्ने मुख्य उद्देश्यले यसको स्थापना गरिएको हो । यसका सात सय आजीवन सदस्य छन् ।
पोखरामै किन स्थापना गर्नुभएको हो नि ?
पोखरामा मात्रै २५ हजार बढी गोर्खाली (ब्रिटिस, सिंगापुर र इन्डिया) पेन्सनर छन् । उनीहरूको पेन्सनमात्रै महिनाको १ अर्ब, १६ करोड रुपैयाँ रकम विभिन्न ४५ वित्तीय संस्थामा भित्रिन्छ । नेपालका ३१ वटा ‘क’ वर्गको बैंकमध्ये २९ वटा पोखरामा मात्रै छन् । किन त भन्दा पोखरा गोर्खालीको बाहुल्य भएको र निक्षेप संकलन गर्ने सजिलो ठाउँ भएकाले पोखरामा स्थापना गरिएको हो । विश्वमा वीर गोर्खाली भनेर चिनिएका गोर्खाली व्यावसायिक क्षेत्रमा पनि लाग्नुपर्छ, त्यसका लागि पोखरा उपयुक्त ठाउँ हो ।
संस्थाबाट के–कस्ता काम सञ्चालनमा आएका छन् ?
यसअन्तर्गत चार संस्था सञ्चालित छन् । पहिलो, गोर्खा बचत तथा ऋण सहकारी हो । २५ जना मिलेर ५० लाख रुपैयाँबाट सुरु गरिएको सहकारीले अहिले करिब १६ करोड रुपैयाँबराबरको कारोबार गर्दै आएको छ । प्रत्येक सेयर सदस्यलाई १० प्रतिशत भन्दा बढी मुनाफा दिन सफल भएका छौं । सहकारीले विश्वास आर्जन गर्नु उल्लेखनीय सफलता हो । कम्तीमा १० हजारदेखि पाँच लाख रुपैयाँसम्ममा सहकारीको सेयर सदस्य बन्न सकिन्छ ।
दोस्रो, गोर्खाली रेडियो हो । हाम्रा आवाजलाई बुलन्द पार्न गोर्खाली रेडियोे १०६ मेगाहर्ज सञ्चालन गरिएको छ । १ सय २८ जना सदस्यले १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लगानी गरी सञ्चालित रेडियोमा गोर्खा समुदायकै आवाज बुलन्द गर्दै आएका छौँ । म आफैँले पनि प्रत्येक आइतवार आठदेखि नौ बजेसम्म सञ्चालन गर्ने ‘गोर्खाली गाथा’ कार्यक्रममा गोर्खालीलाई अतिथि बनाएर पल्टने सुख–दुःखका कुरा गर्छु ।

युके, हङकङ, सिंगापुरमा गोर्खाली समुुदायकै आवत–जावत बढी हुन्छ । त्यहीँबाट टिकेटिङ काम गरौँ । गोर्खा हस्पिटल खोलौँ, जहाँ गोर्खाली समुदायले नै उपचार गराऊन् । यसरी पनि व्यवसाय राम्ररी चल्न सक्छ र सफल व्यवसायी बन्न सकिन्छ ।

तेस्रो, गोर्खा उपभोक्ता पसल सञ्चालन आएको छ । १ सय २८ जनाले १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म सेयर उठाएर पसल सञ्चालनमा ल्याइएको हो । हामी आफैंले लगानी गरेर सञ्चालित पसलमा हामी आफैँ पनि सामान किन्छौँ । महिनामा कम्तीमा १० हजार रुपैयाँसम्मको दैनिक उपभोग्य वस्तु सबै सेयर सदस्यलाई चाहिन्छ । यसरी सदस्य मात्रैले किन्दा पनि महिनामा करोडौँ रुपैयाँको बिक्री हुन्छ । यही  उद्देश्यले पसल सञ्चालनमा ल्याएका हौं ।
चौथो, गोर्खा वाराही ज्वेलर्स सञ्चालन गरेका छौं । पहिले वाराही सञ्चालन हुँदै थियो । पछि गोर्खा कम्युनिटीले आधा र वाराहीले आधा लगानी गरी ‘गोर्खा वाराही ज्वेलर्स’ सञ्चालनमा ल्याएका हौं ।
सुविधा व्यवस्था कस्तो छ ?
गोर्खालीको पेन्सन गोर्खा सहकारीमा आउने व्यवस्था गरिएको छ । पेन्सन आउनेबित्तिकै उनीहरूलाई टेलिफोनबाटै जानकारी गराउँछौँ । यसरी महिनामा ४५ जना गोर्खालीको करिब २५ लाख रुपैयाँ त पेन्सनमात्रै भित्रिन्छ । पेन्सनमा बैंकले बढीमा पाँच प्रतिशतमात्र ब्याज दिए पनि हाम्रो सहकारीले १० प्रतिसम्म ब्याज दिएको छ । यस्तै, हाम्रा सदस्यले पाँच हजार रुपैयाँभन्दा बढी राख्न वा झिक्न चाहेको खण्डमा घर–दैलो सेवा पनि उपलब्ध गराउँछौं । किनकि बैंकमा जानु गाडी चाहिने, क्यु बस्नुपर्ने र समय खर्च हुने आदि झन्झट हुने भएकाले सदस्यलाई यो सुविधा दिएका हौं । यसरी यो सहकारी नाफामुखी भन्दा सेवामुखी रहेको छ ।
गोर्खा उपभोक्त पसलमा पाँच हजार रुपैयाँसम्मको सामान खरिद गर्ने ग्राहकलाई पोखराभित्र जुनसुकै ठाउँमा पनि गाडीमा निःशुल्क पु¥याउने व्यवस्था मिलाएका छौं । त्यस्तै, यातायातमा १० प्रतिशत र होटलमा खान–बस्न १५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ ।
सदस्य बन्न प्रावधान के छ ?
ब्रिटिस, इन्डियन र सिंगापुर गोर्र्खा (बहालवाला, अवकाशप्राप्त) र तिनका छोराछोरीले एक हजार रुपैयाँ तिरेर सदस्य बन्न सक्नेछन् ।
धेरै गोर्खाली बिदेसिइरहेको अवस्थामा व्यवसाय कसरी फस्टाउला ?
गोर्खालीले बन्दुक र गोलीमात्रै होइन, व्यवसाय चलाउन पनि सक्षम छन् । एउटा लाहुरेको छोरा, नाति अर्काे लाहुरे हुन आकर्षित हुने अवस्था नहोस् । गोर्खालीका सन्तान गोर्खा व्यवसायी ब्रान्डमा गर्व गर्न सक्ने अवस्था बनोस् । अहिले ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ती घटाउँदै लगिएको छ । कुनै दिन गोर्खा भर्ती इतिहासमा मात्रै पढ्न पाइनेछ । यसको भरपर्दाे र दीर्घकालीन विकल्पका रूपमा नेपालमै ‘गोर्खा ब्रान्ड’ स्थापित गर्न लाग्नुपर्छ ।
‘एकले थुकी सुकी, सयले थुकी नदी’ भन्ने भनाइ स्मरण गराउन चाहन्छु । पोखराका २५ हजार भूपू गोर्खालीले एक सयमात्रै उठाए पनि २५ हजार रुपैयाँ हुन्छ । एक/एक हजारमात्र उठायो भने २५ करोड रपैयाँ हुन्छ । १० हजार उठाइयो भने २५ अर्ब रुपैयाँ हुन्छ । भूपू गोर्खालाई सय, हजार रुपैयाँ ठूलो कुरा होइन तर त्यो जम्मा गरेर करोडौँ रुपैयाँ बनाइयो भने त्यसबाट उद्योग, व्यवसाय सञ्चालन गर्न सकिन्छ । त्यसैले कुनै एउटा गोर्खालीले सय, हजार रुपैयाँ दिँदा यत्रो काम गर्न सकिन्छ भने सोच्ने कि नसोच्ने ? गोर्खाली अक्षयकोष, सञ्चयकोष स्थापना गरौँ । कुनै गोर्खाका सन्तान पढ्नमा ब्रिलियन्ट छ तर उसको आर्थिक स्थिति राम्रो छैन भने त्यस्तो व्यक्तिलाई कोषबाट सहयोग गरौँ । यसबाट गोर्खाली समुदायकै उत्थान हुन्छ कि हुँदैन ? तसर्थ, सामूहिक लगानी गरौँ, सामूहिक काम गरौँ, गोार्खाली समुदायकै उत्थानका लागि काम गरौँ । यही

ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ती घटाउँदै लगिएको छ । कुनै दिन गोर्खा भर्ती इतिहासमा मात्रै पढ्न पाइनेछ । यसको भरपर्दाे र दीर्घकालीन विकल्पका रूपमा नेपालमै ‘गोर्खा ब्रान्ड’ स्थापित गर्न लाग्नुपर्छ ।

परिकल्पनासहित म यस क्षेत्रमा लागेको हुँ । तर, हाम्रा मान्छेले कुरा बुझ्न सकिरहेका छैनन् । उद्योग, व्यवसायमा लगानी गर्न त्यति उत्सुक र इच्छुक रहेको पाइँदैन ।
लगानी डुब्ने चिन्ताले त्यसो भएको हो कि ?
गोर्खा समुदाय पहिले धेरै सोझा थिए तर अहिले धेरै बाठा भएका छन् । गोर्खालीका हिजो कतिपय सामूहिक लगानी असफल नभएका होइनन् ? तर, हिजो र आजको अवस्थामा धेरै फरक आएको छ । शिक्षा, जनचेतना, बसोबास र आर्थिक गरी मुख्य चार फरक छन्– हिजो र आजको गोर्खाली समुदायमा । अहिलेका शिक्षित, चेतनशील, सहरिया र आर्थिक रूपमा सबल गोर्खालीको लगानी सफल नै हुन्छन् ।
गोर्खा समुदायलाई नै लक्षित गरी विभिन्न व्यापार, व्यवसाय गरौँ । जस्तै– गोर्खा हार्डवेयर पसल खोलौँ । लाहुरले घर बनाउँदा सामान त्यहीँबाट किनौं । गोर्खा स्कुल खोलौँ, त्यसमा गोर्खाली समुदायकै शिक्षक तथा कर्मचारी राखौं। गोर्खाली समुदायकै नानीहरू पढाऔँ । गोर्खा ट्राभल एन्ड टुर्स सञ्चालन गरौँ । युके, हङकङ, सिंगापुरमा गोर्खाली समुुदायकै आवत–जावत बढी हुन्छ । त्यहीँबाट टिकेटिङ काम गरौँ । गोर्खा हस्पिटल खोलौँ, जहाँ गोर्खाली समुदायले नै उपचार गराऊन् । यसरी पनि व्यवसाय राम्ररी चल्न सक्छ र सफल व्यवसायी बन्न सकिन्छ । यसबाट एकातर्फ हाम्रै समुदायका मान्छेले पनि रोजगारी पाउँछन् भने अर्काेतिर आफ्नै लगानीमा पैसा खर्च हुने भयो ।
सन् १९७० मा युगान्डाबाट लखेटिएका हिजो सडकमा न्युजपेपर बेच्ने इन्डियन आज व्यापार व्यवसाय गरेरै करोडपति भएका छन् । नेपालकै भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले कोकाकोला बेचेर थालेको व्यापार आज कहाँ पुग्यो ? गोर्खा समुदायले पजि व्यवसायी बन्ने आँट गरे सफल हुनेछौँ ।
गोर्खाली समुदायलाई कसरी समेट्दै हुनुहुन्छ ?
एकैपटक चार संस्था खोलेका छौँ । केही बुझेको र गर्न खोज्ने गोर्खाली समुदाय युके गए । यसले पनि समस्या सिर्जना गरेको छ । गोर्खाली समुदायको जहाँ–जहाँ बसोबास रहेको छ, त्यहाँ–त्यहाँ उनीहरूलाई चेतना दिलाउन ‘टोल–टोलमा गोर्खाली’ अन्तरक्रिया कार्यक्रम गर्दै आएका छौँ । यो सफल पनि बनेको छ ।

गोर्खा कम्युनिटीकोे स्प्रिटलाई बुझ्ने टिम बन्नुपर्यो । त्यसपछि ‘गोर्खा कम्युनिटी, पोखरा’ स्वतः ‘गोर्खा कम्युनिटी, नेपाल’ बन्छ ।

व्यवसाय पोखराबाहिर पनि विस्तार गर्दै हुनुहुन्छ कि ?
अहिले हामीले व्यवसाय पोखरामै केन्द्रित गरेका छौँ । किनकि पहिले पोखरेलीको मन जित्नुपर्यो । नमुनायोग्य मोडल बन्नुपर्यो । व्यवसाय विस्तारका लागि गोर्खा समुदाय रहेको विभिन्न ठाउँमा छलफल गर्दै आएको छु । गोर्खाली समुदाय निकै उत्सुक छन्, त्यसका लागि । मैले भन्ने गरेको छु– गोर्खा कम्युनिटीकोे स्प्रिटलाई बुझ्ने टिम बन्नुपर्यो । त्यसपछि ‘गोर्खा कम्युनिटी, पोखरा’ स्वतः ‘गोर्खा कम्युनिटी, नेपाल’ बन्छ ।
तपाईंको व्यक्तिगत रुचिबारे जानकारी गराइदिनुहोस् न ?
खेलकुदमा रुचि राख्छु । गल्फ, ब्याडमिन्टन, टेनिस खेल्छु । सैनिक जीवनमा सबै खेल खेलेँ । अहिलेसम्म पनि सक्रिय रूपमा गल्फ खेल्दै आएको छु । धेरै पदक पनि जितेको छु ।
अन्त्यमा ?
गोर्खा समुदायमा सामूहिक लगानीका निम्ति आग्रह गर्छु । किनकि एकता नै शक्ति हो । आफूले आफैँलाई विश्वास गराँै । सक्रिय भएर आफ्नो पहिचानका निम्ति लडौँ । देश हाम्रो हो । लगाउन र खान पुग्छ भने आफ्नै देशमा बसेर केही गरौँ । १५ देखि ३० वर्षसम्म विदेशमा हासिल गरेको ज्ञान, सीप र आर्थिक आफ्नै देशका निम्ति परिचालन गरौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार