किशोरी बलात्कार गर्ने थापा र गुरुङ कष्टडीमा


मोरङ । स्थानीय १६ वर्षीया किशोरी बत्लाकार गरेको आरोपमा बेलबारी–३ मोरङका ५२ वर्षीय शम्भु थापा र अनिल भन्ने ४० वर्षीय प्रेम गुरुङ पक्राउ परेका छन् ।

बेलबारीमा चलिरहेको पर्यटन तथा धार्मिक महोत्सवबाट शुक्रवार राति १० बजेतिर घर फर्कंदै गरेकी किशोरीलाई प्रहरी हुँ भन्दै जबरजस्ती मोटरसाइलमा चढाएर सामूहिक बलात्कार गरेका थापा र गुरुङ कष्टडीमा दिन बिताइरहेका छन् ।

आफूहरू प्रहरी भएको भन्दै उनीहरूले किशोरीलाई लिएर कोसी हरैंचा–५ बेलेपुरमा रहेको एक काठ मिलमा लगेर बलात्कार गरेका थिए ।

थापा र गुरुङले किशोरीलाई सामूहिक बलात्कार गरेपछि त्यहीँ छाडेर भागेका थिए ।
घर नआएपछि फोन गर्दा आफू बलात्कारमा परेको किशोरीले बताएपछि उनका आफन्तले छोरीलाई राति नै उद्धार गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामजी कटवालले गत आइतवार अदालतबाट म्याद थप गरी दुवैविरुद्द बलात्कारको मुद्दा दायर गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार