साताभित्र निर्वाचन आचारसंहिता लागू हुन्छ : यादव

 


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले छिट्टै छलफल गरी निर्वाचनसम्बन्धी आचारसंहिता ल्याइने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलवार गरेको साक्षात्कारमा डा. यादवले एक साताभित्र निर्वाचनसम्बन्धी आचारसंहिता लागू गरिने जानकारी दिए। उनले निर्वाचनलाई कसैले कुनै बहानामा रोक्न नहुने बताउँदै अब कुनै हालतमा पनि निर्वाचन हुने स्पष्ट पारे।
उनका अनुसार निर्वाचनका लागि २१ हजारभन्दा बढी मतदान केन्द्र र २५ हजारभन्दा बढी मतपत्र बाकस चाहिन्छ । निर्वाचनका लागि स्थानीय तहमा कर्मचारीको आवश्यकता रहने हुँदा नयाँ संरचनानुसार चाँडो कर्मचारी राखिएमा निर्वाचन गर्न सहज हुने उनको भनाइ थियो ।
उनले निर्वाचनका लागि जम्मा ८२ दिन बाँकी रहेकाले विद्युतीय यन्त्रबाट मत हाल्न सम्भव नभएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार