तोकिएको समयमा निर्वाचन गर्न ‘बार्गेनिङ’ गर्न नहुने

काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले तोकिएकोव मितिमा निर्वाचन सम्पन्न गर्न कुनै पनि दलले बार्गेनिङको विषय बनाउन नहुने बताएका छन् । नेता नेपालले निर्वाचनमा भाग लिई आफ्नौ हैसियत नाप्नुपर्ने सुझाए ।

उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसासमेत गरे । निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका उनले स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाएका हुन् ।

भने, “सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार