१६ हजार अमेरिकी डलरसहित पक्राउ

काठमाडौं । काठमाडौँबाट चितवनको भरतपुरतर्फ जान लागेकी एक महिला १६ हजार चारसय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेकी छन् ।

गैंडाकोट–१२ नवलपरासीकी ३६ वर्षीया ध्रुवकुमारी शर्मा अमेरिकी डलरसहित पक्राउ परेकी हुन् । बुद्ध एयरको उडान नम्बर ३५९ बाट भरतपुरतर्फ जान लागेकी शर्माको हातेझोला जाँच गर्दा उक्त परिमाणको अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार