सबै पोखरी रारा हुँदैनन्

 

 

समीपै रहे बन्धु प्यारा हुँदैनन्
र नेता क्वै सर्वहारा हुँदैनन् ।

बरू बेच इज्जत र दौलत कमाऊ
सुदामाहरूका सहारा हुँदैनन् ।

जता पर्छ खाल्डो उतै जम्छ पानी
सबै पोखरी किन्तु रारा हुँदैनन् ।

तिमी फन्कियौ व्यर्थ मेरा कुराले
सधैँ सत्यवादी किनारा हुँदैनन् ।

म खोज्दै छु साहित्यको राजधानी
जहाँ भ्रष्ट नेता र नारा हुँदैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार