तिम्रै नाम लिइ घुर्छु अब

नसम्झ भो मलाई अब
फेरि पनि मर्छु होला
जित्न छोडिसकें मैले
फेरि पनि हार्छु होला
कुरि बसें आश गरी
एक फेर हेर्ने चाह
अजम्बरी चट्टान रहेछौ
म बबुरोलाई के थाह
छोडीदेउ यस्तै हाल
नबोल्दा नै बेस होला
पात झरे रुखको हाँगो
भांचिएकै बेस होला
कति बसें मन मारी
एकै पलमा बिर्सिदियौ
आधा जोवन त्यसै बित्यो
अचेतमै छोडिदियौ
के बोलुं खै शब्द पनि
लट्पटिन्छ जिब्रो पनि
कुरि बसें अन्त्यसम्म
कहालिदैं दिन गनि
सक्छौ भने नआउ अब
म त यसै कुर्छु अब
अन्तिम पल्ट सम्झिदैछु
तिम्रै नाम लिइ घुर्छु अब |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार