स्थानीय तह निर्वाचन र संविधान संशोधन दुवै सम्भव

इनरुवा । काँग्रेस नेता डा. रामशरण महतले वैशाख ३१ गतेक लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा नेपाल नार्इ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई शनिवार उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको दाबी गरे ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने उल्लेख गरे ।

नेता महतले निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवार छनौट, मत माग्ने काम, आफ्नो सङ्गठन गर्ने काम भइरहेकाले आफ्नो पार्टीले जित्नेसमेत दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार