काँग्रेस–माओवादी आत्तिएपछि निर्वाचन सार्ने षड्यन्त्रमा


उर्लाबारी । एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएक छन् ।

मोरङको उर्लाबारीमा शनिवार नगर सङ्गठन कमिटीले गरेको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समिति घोषणालाई सम्बोधन गर्दै नेता पण्डितले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले निर्वाचन सार्न खोजिरहेकाले एमालेले त्यसलाई सफल हुन नदिने बताए।

आगामी स्थानीय तहको निर्वाचनमा दुईतिहाइ बढी स्थानमा एमालेले जित्ने दाबी गर्दै नेता पण्डितले सत्तारुढ दलहरु आत्तिएर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

अबको स्थानीय तह धेरै अधिकारसम्पन्न हुने बताउँदै उनले उम्मेदवार छनोटमा विशेष ध्यान पु¥याउन आग्रहसमेत गरे । कार्यक्रममा मुक्ति न्यौपानेको संयोजकत्वमा एक हजार ८७१ जनाको निर्वाचन प्रचार–प्रसार समिति घोषणा गरिएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष विनोद ढकाललगायतले स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएक थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार