‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्दै खाना महोत्सव

 


कलैया । पर्यटन प्रवद्र्धनको विकास गर्ने उद्देश्यले सिमरा विमानस्थलमा बिहीवारदेखि सडक खाना महोत्सवको गरिएको छ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ नाराका साथ सो महोत्सव होटल व्यवसायी सङ्घले आयोजना गरेको हो । बारा–सिमरा–जितपुर उपमहानगरपालिकाअन्तर्गत सिमरा एयरपोर्ट सडकमा आयोजना गरिएको खाना महोत्सवमा नेवारी, थारु, थकाली, चाइनिज, भारतीय, इटालियनलगायत गरी ५० भन्दा बढी खानाका स्टल राखिएका छन् ।

शनिवारसम्म चल्ने सो महोत्सवमा दुई करोड रुपैयाँबराबरको कारोबार हुने होटल व्यवसायी सङ्घ जिल्ला अध्यक्ष मोहन शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार