प्रेम : एक विश्वास

सुरेश यक्सो

धनकुटा बजार नजिकै छ पुरानो बस्ति, स्कुल डाँडा । लहरै करिब ३५ घर छन् । यो बस्ति केही वर्षयता सुनसान छ । आधा जति घरहरू खालि छन् । धन कमाउनेहरू शहर छिरिसके । कतिले फकाई फुल्याई गाँउबाट घर रुङ्न मान्छे राखेका छन् । थोरै भएका जवानहरु पनि बिदेश पसेका छन् ।
बुढाबुढिहरु प्रायस् घरभित्रै हुन्छन् । कति सिद्धिसके । बिहानबेलुका भने केही बच्चाबच्चि बाटोमा खेलिरहेको भेट्टाउन सकिन्छ । स्कुल लागेको बेला बस्ति सुनसान देखिन्छ । गर्मी र खडेरिमा त झन् यो बस्ति साह्रै पत्यारलाग्दो देखिन्छ । लाग्छ यो गाँउमा ठूलो बिपत्ती आएर सबै बसाईं सरेका छन् ।
बिहिबार सदरमुकाममा हटिया लाग्ने गर्छ । त्यो दिन बाटोमा फाट्टफुट्ट मान्छेको आवतजावत देखिन्छ । हटियाका लागि भनेर सरसामान बेचबिखन गर्न थोरै भए पनि बस्तिमा चहलपहल देख्न सकिन्छ ।

बस्तिबीचको घर अगाडि भारी बिसाएर बस्नको लागि ढुङ्गाको गाह्रो लाएर बनाएको पुरानो बिसौनी छ । एकजना बस्न सक्ने ठाउँबाहेक बिसौनिको सबै भाग लेउ र झारले ढाकेको छ । हो, त्यही ठाउँमा एकजना ७४ वर्षकी कान्छि दिदि प्रत्येक हटियाको दिन बिहानदेखि बेलुकासम्म टोहोलाएर बस्ने गर्छिन् । भाईहरूले कान्छि दिदि भनेर बोलाउने गरेकोले सानादेखि सबैले त्यही नामले चिनिन्छिन् । उनी कसैको पर्खाइमा यसरी टोलाएर बसेको पनि वषौं भइसकेको छ । तर उनको पर्खाइ अहिलेसम्म टुङ्गिएको छैन ।
बस्तिको अन्तिम घर अलि तलबाट बस्तिलाई छुट्याएर लम्पसार परेर गाडीको बाटो अगाडि बढेको छ । बस्तिबीचको बाटो साघुंरो छ । त्यहाँबाट रोड लगे बस्तिका थुप्रै घरहरु भत्काउनुपर्ने हुँदा उनका आफ्नै बाऊ र ठूला बडाहरूले रोड छिर्न दिएनन् । कान्छिलाई उनीहरुप्रति गुनासो छ । उनको विचारमा यो रोड उनको घरआँगन भएर जानुपर्थ्यो । तर, गएन । जसको असरस्वरुप बजार नै बिस्तारै सुक्दै गयो । यो बाटो भएर मान्छेहरु हिंड्न छाडे । कान्छिलाई लाग्छ उनले पर्खेको मान्छे पनि यो बाटोबाट हिंड्न छाड्यो । यदी रोड यहीबाट जान्थ्यो भने उनको मान्छेले अवश्य भेट्न आउथ्यो । उनी यो विश्वास गर्छिन् कि रोडले उनलाई बर्बाद बनायो । उनको खुसी, सुख र चैन सबै लगिदियो । लाग्छ यो रोड उनको सौता हो । साँझ पर्दै गएपछि त्यो रोडलाई सराप्न थाल्छिन् ।
छ दशक अघि यो ठाउँमा ब्यापक चहलपहल हुन्थ्यो । बाटोमा बटुवा, भरिया, ग्राहक साथै स्थानियबासिको भिडभाड रहन्थ्यो । भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङका मान्छे यही बाटो भएर आफ्नो गन्तब्य पुग्थे । बिशेषगरी धरानमा नुन र भर्तिका लागि जाने गरिन्थ्यो । उनको घरमा बास बस्नेहरूको भिडभाड सधैंभरी हुन्थ्यो ।

एक दिन साँझ झपक्कै पर्न लागेको थियो । एकजना १६र १७ उमेरको केटो कान्छिको बाको नाम लिंदै बास बस्न आयो । धरानबाट बास बस्न आएका तेह्रथुमका एक हुल अगाडि नै पेटिमा सुत्ने तरखरमा थिए । बाले त्यो केटोलाई सोधपुछ गरे । ताप्लेजुङतिरको रहेछ । उसको घरपरिवारलाई चिन्नुहुँदोरहेछ । सोध्दै जाँदा केटो ताप्लेजुङबाट धरानतिर भर्ती हिंडेको रहेछ ।
रात परिसकेकोले खाना पकाउने कुरा भएन । कान्छिका बाले जाँड छानेर दिन अह्राए । उसले मकै भटमास भुटेर बोकेको रहेछ । जाँडसंग सितन मिलाएर खाए । भर्ती लाग्न हिंडेकोले सानो लुगाको पोको थियो । कट्टु र टोपी टालटुल परेर लगाएको । खालि खुट्टा । गलेर होला बिचराको ओठमुख सुकेकोजस्तो थियो । जतिसक्दो ऊ आराम गर्न चाहन्थ्यो ।

परदेशि केटो भर्ती हिंडेको थाहा पाएपछि कान्छिका बाले जापानीहरूसँग बर्मामा लडाईं लडेको घटनाहरू सुनाए । उसले पनि कान ठाडो र छाति चौडा बनाउदै बडो उत्सुकताका साथ सुनिरह्यो । केटो सोझो देखेर होला उनका बाले जिस्काउन सुरु गरे । भर्ती भैइस् भने मेरो छोरी लान्छेस् भनेर सोधे । ऊ लाजले टाउको नुहुर्यायो । त्यो सुनेर कान्छि पनि लजाइन् । बर्किले मुख छोप्दै उनको कोठामा छिरिन् । ढोकाको छेऊबाट बाले भनेको कुरा सुन्न थालिन् । हेर तिमेरु कुटुम्बेली रैछौ । मेरो छोरी लाने भए अफिसर हुनुपर्छ बुझिस् भनेर बाले जिस्काउदै भने ।

रात परिसकेकोले खाना पकाउने कुरा भएन । कान्छिका बाले जाँड छानेर दिन अह्राए । उसले मकै भटमास भुटेर बोकेको रहेछ । जाँडसंग सितन मिलाएर खाए । भर्ती लाग्न हिंडेकोले सानो लुगाको पोको थियो । कट्टु र टोपी टालटुल परेर लगाएको । खालि खुट्टा ।

म त जापानीहरूसँग लडेर बर्मा स्टार पाएको मान्छे । पेन्सन् पकाएर फेरि यै सल्लेरी आर्मी क्याम्पमा क्याप्टेन भाुको हुँ । मेरो ज्वाँई लरतरको होईन अफिसर हुनुपर्छ बुझिस् भनेर थर्काए जसरी जिस्काए । बिचरा मुस्कुराइमात्र रह्यो ।
केटो सोझो थियो । तर आफ्नो कुरा स्पस्ट राख्थ्यो । कम बोल्थ्यो । तर पुग्दो बोल्थ्यो । लजाउथ्यो । तर लजाउन जान्दैन थियो । जङ्गि देखिन्थ्यो । तर अनुशासित थियो । धेरै सुन्थ्यो । तर बोल्दा बिचार गरेर बोल्थ्यो । लाग्छ उसको हरेक वाक्यहरूमा द्रिढ छ । बडो बिचित्रको थियो । कान्छिले चाल पाइसकेकि थिइन् कि उनको बाले यस्तै केटा मन पराउनुहुन्छ भनेर ।
परदेशि केटोसँग भेट्दा उनी कति वर्षको थिइन् उनलाई थाहा छैन । नछुने भएको ३ महिना भएको मात्र थाहा छ, उनलाई । धेरै साथीसङ्गीहरूको बिहे भइसकेकोले बिहे गर्ने उमेर भएको चाल पाउछिन्, बस् ।
भोलि बिहिबार हटिया लाग्ने दिन । बजारमा हटियाको लागि भनेर बिहानैदेखि चहलपहल सुरु भइसकेको थियो । खोकु/छिन्ताङबाट जुनार, सुन्तला,अदुवा र बेसार आदि बेच्न बटुवाहरू बिहानैदेखि बजार हिंड्न थालिसकेका थिए । पेटिमा सुत्ने एक हुल तेह्रथुमे पाहुनाहरू उठेर हिंड्ने सुरसार गर्दै थिए ।
कान्छी सबेरै उठेर खरेटो लाउन थालिन् । परदेशि केटो उठेर हिंड्न तरखर गर्न थाल्यो । पोकोपन्तुरो मिलाउन थाल्यो । बिहानै नहिँडे धरान पुगिदैन । जाने बेलामा परदेशि केटोले अप्ठेरो मान्दै तपाईंको नाम के हो भनेर सोध्यो । उनी अत्तालिएको जस्तो गरी बिस्तारै कान्छि भनिन् । अहिलेसम्म कसैले उनलाई तपाई भनेर सम्बोधन गरेको थिएन । उनका साथीभाई, घर र छरछिमेकले तँ मात्र भनेर बोलाउथे । तपाई शब्द सुनेर एकछिन भाबुक भईन् । कति राम्रो, कति मिठो लाग्यो उनलाई । तपाई शब्द सुन्दै आए पनि आज बिलकुल नयाँ लाग्यो ।
परदेशि केटालाई नियालेर हेर्न थालिन् । थुप्रैलाई हेरेकिछिन् तर यो हेराई बिलकुल फरक थियो । फरक छ नजर । कुनै अञ्जान मान्छेलाई यसरी नियालेर हेरेको पहिलोचोटि थियो, त्यो । आहा कति राम्रो मुस्कान । कति नरम । कति सालिन । कति भद्र । उनले परदेशि केटोलाई आफ्नो सँगै हुर्केका केटा साथीहरूसँग दाँजिन् । अहँ ऊ जति राम्रो कोही आएन उनको दिमागमा ।
भित्र कतै काउकुती लागे जस्तो भयो । परदेशि आत्मिय लाग्यो । त्यसैत्यसै परदेशि प्रति माया जागेर आयो । एकोहोरो हुनु बाहेक केही सोच्नै सकिनन् । हैन के भयो एकाएक रु हिजोसम्म को हो को हो एक्कासि कसरी यती नजिक लाग्यो । कस्तो अचम्म । हिजो बाले अफिसर भएर छोरी लैजाऊ भनेर जिस्काएको सम्झिन् । बाको मनमा पनि यो मान्छे केही बिशेष छ होला र त त्यस्तो कुरा गरेको जस्तो भयो । कताकता उनलाई यो मान्छेलाई भगवानले उसकै लागि भनेर पठाएको जस्तो लाग्यो । सोचिन् कतै हुनेवाला श्रीमान् यही परदेशि त होईन र ?

बाँकी जीवन श्रीमान्को नाममा अर्पण गर्छे । उनले पनि परदेशि नै सबथोक ठानेकिछिन् । के उनको ठाउँमा यदी परदेशि भए यसरी पर्खन्थ्यो होला र ? यो कुराले भने उनलाई घरिघरि पिरोल्ने गर्छ ।

परदेशि केटोले घर अगाडिको ढुङ्गाको गारो भएको बिसौनीमा सामान राखेर मिलाउन थाल्यो । जाने बेला कान्छिले आउँदै गर्नु है, माया नमार्नु होला सकिनसकी भनिन् । त्यति भन्नुलाई पनि धेरै गाह्रो भएको थियो । उसले पनि बाटै यही पर्छ निस्किहाल्छु निु भनेर उधोतिर लम्कन थाल्यो । कान्छी बिसौनिमा बसेर परदेशि नहराइञ्जेलसम्म हेरिरहिन् ।
थुप्रै वर्षहरू बिते । यहाँ थुप्रै परिवर्तनहरू भए । बच्चाहरू जवान भए । गाडीको बाटो बस्तिको तलबाट अघि बढ्यो । बिजुली, धारा सबै आए । विकास घरघर पुग्न थाल्यो । यो बाटो भएर धेरै परदेशिहरू आए/गए । तर उनको परदेशिको कुनै खबर आएन । परदेशिलाई पर्खिन्दापर्खिंदै बिहे गर्न बिर्सिन् ।
एकदिन त्यहाँ आउनेजानेबाट कान्छिका बासँगको कुरैकुरामा २०३९ सालमा अर्जेन्टिनाको फोक्ल्याण्डमा भएको युद्धमा परदेशि शहिद भयो भन्ने अपूष्ट समाचारको कुरो निस्कियो । त्यो कुराले कान्छिलाई ठूलो बज्रपात पर्यो । कान्छिलाई पत्याउन गाह्रो भयो । रातभर निन्द्रा परेन । अनेक सोच्न थालिन् । कताकता शिलढुङ्गाको भिरबाट हाम्फालेर मरुम्जस्तो पनि दिमागमा नआएको होईन । तर त्यो खबर पूर्णविश्वासिलो भने थिएन । न लास आयो न कसैले लास नै देखे । एउटा हल्लाजस्तै थियो खबर । कान्छिलाई अब एकमात्र पर्खनुको बिकल्प रहेन ।
कान्छिका बालाई पनि मन खाने केटो थियो परदेशि । बाको भावना बुझेकि थिई कान्छिले । बिहेको उमेर घर्किसक्दा पनि बाले बिहे गर भनेर कहिले भनेनन् । तर परदेशिको दुखद् खबर सुनेपछि बालाई पनि गहिरो चोट पर्यो । छोरिको बिहे नहुनुमा आफ्नै हात रहेको महसुस गर्न थाले । त्यसदिन पछि बाले आफ्नो ज्यानको ख्याल राख्न छाडे ।

परिवारले मरेको मान्छे फर्कदैन अब जेजस्तो भएपनि बिहे गर्न सुझाए । तर मानिनन् । क्याप्टेनको छोरी जोकसैले माग्न आँट गरेनन् । बैंशमा कान्छिले जस्तोसुकैलाई मन पराइदिनन् । उमेर छिप्पिदै गएपछि गाउँलेहरूले कान्छिमा नै केही खोट छ र त बिहे भएन भनेर कुरा काट्न थालेका थिए । बाको देहान्त पछि त झन् कसैको कुरा पनि सुनिनन् । बिस्तारै परिवारले कर गर्न छाडे ।
कान्छि दिदिलाई कसैसँग गुनासो छैन । बस् गुनासो छ त यो रोडसँग । उनलाई एउटा प्रश्न भने दरो गरी गढेर बसेको छ । प्राय नारीहरू बिधुवा भएर सारा जीवन बिताउन सक्छे । शायद नारिमा सहनशक्ति हुन्छ होला र त बाँकी जीवन श्रीमान्को नाममा अर्पण गर्छे । उनले पनि परदेशि नै सबथोक ठानेकिछिन् । के उनको ठाउँमा यदी परदेशि भए यसरी पर्खन्थ्यो होला रु यो कुराले भने उनलाई घरिघरि पिरोल्ने गर्छ ।

परदेशिको त्यो मिठो बोलि । त्यो मिठो मुस्कान । अनि उसले तपाई भनेको सम्बोधन बिर्सनै सकिनन् । अझ भनौ त्यो बिर्साउन सक्ने कुनै मर्द नै भेटिनन् । परदेशिको अनुहारमा अचम्मको रौनक देखिन् । प्रेम हुनलाई धेरै समय नलाग्दो रहेछ । पत्याउनै नसक्नेगरी एकै नजरमा प्रेममा परिन् । साच्चै ।
मन परेको मान्छेलाई ह्रिदयदेखि चाहेपछि उही विशेषता अरूमा भेट्न सकिनन् । पक्कै पनि कुनै खास आकर्षण थियो परदेशिमा । जसले कान्छिलाई यतिका दिनसम्म पर्खिन सक्ने बनायो । आखिर आफ्नो सच्चा प्रेमलाई न कहिले मारिन् न मर्न नै दिइन् । र त उनी अहिले पनि परदेशिको बाटो हेरेर बसिरहेकी छिन् । बसिरहेकी छिन् अन्तिम साससम्म ।
उराठलाग्दो दिन अनि मन साह्रै बिरक्तिएको बेला कान्छि दिदि पुरानो क्यासेट झिकेर आफूलाई मन परेको गीत बजाउछिन् :

एउटा परदेशि आइ, सोध्यो मेरो नाम
तर चाडै छाडिगयो, यो रमाइलो गाउँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार