कोरियाबाट गोरखा भूकम्पको सम्झना

सुस्मा राई

वसन्तले पालुवालाई पोल्टामा पारेको बेला
खुला आकाशमा चराहरू उडिरहेको बेला
चर्कियो नेपाल आमाको कोमल छाती
एक्कासि त्यो धरहरा भत्किएको बेला

न त टार्न सक्नु न त रोक्नु नै
दैव प्रकृतिसँगै मिलेको बेला
नियतिलाई नसकिने रोक्नु
धर्तीमा ठूलै वज्रपात परेको बेला

दैवले नि मारे क्यारे थपडी
भत्किएर जाँदा मेरो झुपडी
नेपाललाई पर्नु चोट परेको बेला

हल्लिरह्यो जमिन पटक/पटक

विनाशकारी भूकम्प सम्झिआएको बेला

नियतिले रमित हेर्नुसम्म हेर्यो है
नेपाल आमाले सन्तान गुमाएको बेला

निर्दयी प्रकृति बैरी भयो आज
नेपालीले घरबार गुमाएको बेला
अजीव रैछौ निठुर प्रकृति हाँस्यौ तिमी
हामीले बलिन्द्र ऑसु पिएको बेला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार