घर फर्कन टिकट लिइसकेका कल्याणको कोरियामा मृत्यु


खोटाङ । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका चिप्रिङ, खोटाङका कल्याण राईको मृत्यु भएको छ ।

घर फर्कन हवाई टिकट लिइसकेका ३१ वर्षीय राईको कोरियाको खजुङमा रहेको अपार्टमेन्टमा सुतेको अवस्थामा मृत्यु भएको हो ।वैशाख २९ गतेका लागि टिकिट लिइसकेका उनलाई काममा जान साथीले उठाउन खोज्दा मृत फेलापरेका थिए । मृत्युको कारण खुल्न सकेको छैन ।

मासिक तीन लाख कमाउँदै आएका उनले काठमाडौं र उदयपुरको गाईघाटमा जग्गा किनिसकेका थिए । उनी पुनः कोरिया नफर्कनेगरी घर फर्कन लागेको आफन्त फ्रेम्टन राईले जानकारी दिए । मृतक राईको बुवाआमा, चार दिदीबहिनी र एक भाइ छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार