समायोजनले शैक्षिक र प्राज्ञिक उन्नयन धराशयी

काठमाडौं । पाटन संयुक्त क्याम्पस नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रमसम्बद्ध प्राध्यापकले त्रिभुवन विश्वविद्यालयद्वारा अघिसारिएको विविध विषयको समायोजनले शैक्षिक र प्राज्ञिक उन्नयनलाई धराशयी बनाउने जिकिर गरेको छ ।

उनीहरूले गणितीय आधारमा संख्या तोकी विषय समायोजन गर्दा विषय विस्थापन हुने भएकाले विविध विषय समायोजन प्रक्रिया अवैज्ञानिक भएको दाबी गरेको छ ।

पाटन क्याम्पसबाट सेमेस्टर प्रणालीको स्नातकोत्तर कार्यक्रममा अध्ययन गर्न फाराम लगेका सबै विषयका विद्यार्थीलाई यसै क्याम्पसको विभागमार्फत पठनपाठन व्यवस्था मिलाउन पाटन संयुक्त क्याम्पस नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रमसम्बद्ध प्राध्यापकले माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार