रमिताले जोहेबलाई सोधिन्– ‘के यो माया हो’


काठमाडौं । चर्चित मोडेल तथा गायिका रमिता भण्डारी र गायक जोहेब मानन्धरको ‘के यो माया हो’ शीर्षाकृत गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

गायक मानन्धरकै शब्द/संगीत रहेको सो गीतको म्युजिक भिडियो रोजेश श्रेष्ठले निर्दैशन तथा छायांकन गरेका हुन् । ‘के यो माया हो’ गीतको संगीत संयोजक सन्दीप कार्की रहेका छन् ।

हालै सार्वजनिक म्युजिक भिडियो गायिका रमिता भण्डारीले रश लाइट मिडियामा सम्पादन गरेकी हुन् । म्युजिक भिडियोमा जोहेब र रमिताले अभिनय गरेका छन् । म्युजिक भिडिओ युटुबमा समेत हेर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार