‘एउटा जिन्दगीको पटक/पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा’ सार्वजनिक


काठमाडौं । ‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन’ गीतका सर्जक राजन राईको ‘एउटा जिन्दगीको पटक/पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा’ शीर्षाकृत गीत सार्वजनिक भएको छ ।

गीतकार राईले गीतमार्फत सम्बन्धित मानिसले बाँचुन्जेल भोग्नुपर्ने दुःख/पीडा व्यक्त गरेका छन् । डक्टर किरातको संगीत रहेको गीतको म्युजिक भिडियोमा गायिका अन्जु पन्तको स्वर समुधुर सुनिन्छ । हालै सार्वजनिक गीतको संगीत संयोजन विनोद गुरुङले गरेका हुन् ।

‘एउटा जिन्दगीको पटक/पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा’ गीतको म्युजिकसमेत सार्वजनिक भइसकेको छ । म्युजिक भिडियोमा नायिका अनु शाह र रमेश कटुवालले अभिनय गरेका छन् भने बालकलाकार तेजस्वी र रोहनले समेत अभिनय गरेका छन् । समन अधिकारीले निर्देशन गरेको म्युजिक भिडियो भरत रेग्मीको सम्पादन र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार