मेसीमाथिको प्रतिबन्ध फुकुवा

स्वीट्जरल्यान्ड । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउनेगरी लगाइएको प्रतिबन्ध शुक्रवार हटाएको छ ।

विश्वकप छनोट चरण खेलअन्तर्गत गत साता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उनीमाथि चार अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाले प्रतिबन्ध लगाएको थियो ।

फिफाको पुनरावेदन समितिले मेसीमाथि कारबाही गर्ने प्रशस्त आधार नभेटिएको भन्दै यसअघि फिफाद्वारा नै लगाएको प्रतिबन्धलाई फुकुवा गरिदिएको हो । उसले लिएको पछिल्लो निर्णयले अर्जेन्टिनाको आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा खेल्न जान पाउने आसलाई बल पुर्याएको छ । प्रतिबन्ध फकुवापछि अर्जेन्टिनी फुटबल प्रमुख अरमान्डो परेजले मेसीले चिलीसँगको खेलमा केही गल्ती गरेको भए पनि फिफाद्वारा लगाइएको प्रतिबन्ध असंगतपूर्ण रहेको दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार