दक्षिण कोरिया । चिप्रिङ खोटाङका कल्याण राईको मृत्यु भएको साता दिन नबित्दै मोरङ विराटनगरका उमेशचन्द्र पौडेलको कोरियामा मृत्यु भएको छ ।
दक्षिण कोरियाको गजेप्रदेशमा पानीजहाज बनाउने डीएसएमई कम्पनीमा कार्यरत पौडेलको हृदयाघात भई मृत्यु भएको हो । वर्ष दिनअघि कोरिया पुगेका २७ वर्षीय पौडेललाई सास फेर्न गाह्रो भएपछि अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएको एक घन्टापछि उनको मृत्यु भएको हो ।