मकवानपुर पुगेर थापाले भने– विवेकसम्मत मतदान गरौं


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रबिन्दुमा राखी विवेकसम्मत मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरे ।

आइतवार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि भएको जनाउँदै ऐतिहासिक महत्वको प्रजातान्त्रिक अभ्यासमा सहभागी हुनुहुने सम्पूर्ण नेपाली मतदातामा शुभकामनासमेत व्यक्त गरे ।

२१ वर्षको अवधिमा अवलम्बन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप देश अहिले गम्भीर सङ्कटमा फसेको बताउँदै उनले यो चुनाव निश्चय पनि सङ्कट समाधानको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो बन्ने र यसले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने विश्वास व्यक्त गरे । भने, “मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार गर्नसमेत यो चुनावले महत्वपूर्ण योगदान पु¥याउनेछ । यो चुनावको सफलताले दोस्रो चरणको चुनावलाई पनि सहज तुल्याउनेछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार