स्थानीय तह निर्वाचनले समृद्धिको ढोका खोल्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार हुने स्थानीय तह निर्वाचन सफल बनाउन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिवार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेकी हुन् । उनले सन्देशमा भनेकी छन्, “देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनुपर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ । यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक समृद्धिको ढोका खोल्नेछ भन्ने मलाई विश्वास छ ।”

राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचनमा उत्साह र उमङ्गसाथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकार प्रयोग गर्न आममतदातालाई अपिल गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार