हवाई आक्रमणमा १३ लडाकुको मृत्यु


इराक । इराकको पश्चिमी अनबारमा प्रान्तमा इराकी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा १३ जना इस्लामिक स्टेट (आर्इएस) आबद्ध लडाकुको मृत्यु भएको छ ।

आर्इएस लडाकुका विभिन्न पदाधिकारीको बैठकलाई लक्षित गरी भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सिरियानजिकैको सीमाक्षेत्रमा पर्ने अल क्विम सहरमा उनीहरुको बैठक चलिरहेको भन्ने गुप्तचर निकायले दिएको सूचनाका आधारमा आक्रमण गरेको इराकको संयुक्त सुरक्षा कारबाही टोलीद्वारा जारी वक्तव्यमा जनाएको छ ।

उनीहरुले आमनागरिकलाई लक्षित गरी आक्रमण गर्ने योजना बनाइरहेको वक्तव्यमा दाबी गरिएको छ । मेको अन्त्यतिर पर्ने रमजानको मौकामा आक्रमण गर्ने तयारीमा ती लडाकु रहेका सरकारी सुरक्षा निकायको आरोप छ । आक्रमणमा परी अरु केही आतंंककारी घाइते पनि भएको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार