अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।

केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । महिला सदस्यमा टेकमाया पुन २०५, दलित महिला सदस्यमा विष्णुकुमारी परियार २१७, खुला सदस्यमा बुद्धिबहादुर पुन २०३ र वीरबहादुर पौडेल १९९ प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार