मालिका गाउँपालिका १ मा काँग्रेस विजयी


म्याग्दी । मालिका गाउँपालिका १ वडाध्यक्षमा काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका छन् ।

पुनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धिबहादुर पुनले २६४ र माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका थिए । सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका हुन् ।

यसैगरी, मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका वेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेन्चुरीले १४१ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार