मेलम्ची नगरपालिका १ मा एमाले विजयी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १ को वडाध्यक्षमा एमालेका कृष्णप्रसाद चौलागाईं ८४१ मत प्राप्त गरेर विजयी भएक छन् ।

चौलागाईंका निकटम प्रतिद्वन्द्वी काँग्रेसका बद्री चौलागाईंले ४३२ मत प्राप्त गरेका थिए । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको हो ।

यसैगरी, मेलम्ची नगरपालिकाको नगर प्रमुखमा एमालेका डम्मर अर्यालले ८०५, माओवादी केन्द्रका श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरेका थिए ।

नगर उपप्रमुखमा एमालेका भगवती नेपालले ८३१, माओवादी केन्द्रका मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार