मनाङमा एमाले विजयी

मनाङ । चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी भएका छन् ।

घलेका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसका मुनिन्द्रजङ्ग गुरुङले १६९ मत ल्याई विजयी भएका छन् भने गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेकी किटनीदेवी गुरुङले १६० मत प्राप्त गरिन् ।

यसैगरी, नेच्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले ६२७ मत ल्याई विजयी भएका हुन् । घलेका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेका
मेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी भएका हुन् भने काँग्रेसका छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गरे ।

त्यस्तै, नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्र घले ५८४ मतसहित विजयी भएका छन् । घलेका निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ४८५ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी भइन् भने माओवादी केन्द्रका वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार