रोशी गाउँपालिका १२ मा माओवादी केन्द्र विजयी

काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका १२ नम्बर वडा भीमखोरीमा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । मोक्तानका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र एमालेका लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका थिए । सो वडामा सात सय १७ मत खसेको थियो ।

यसैगरी, सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार