प्रतिनिधिसभा नियमावली–२०७५ पारित

काठमाडौँ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ बहुमतले पारित गरेको छ । नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ पारित गरियोस् भनी प्रस्तुत प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । संसद् बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित गर्न उक्त नियमावली बनाइएको छ । मस्यौदा प्रतिवेदनमाथिको छलफलमा संशोधनकर्ता सांसद दुर्गा पौडेल, य...

सर्पले डस्दा वडाध्यक्षको मृत्यु

मोरङ । बुधबार राति ११ बजे विषालु सर्पले डस्दा वडाध्यक्षको मृत्यु भएको छ । सर्पले डस्दा धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । शौचका लागि घरबाहिर निस्कँदा उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर अवस्थामा विराटनगरमा रहेको गोल्डेन अस्पतालमा उपचारक्रममा उनको मृत्यु भएको हो ।...

प्रधानमन्त्री ओलीद्वारा उँभौलीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरूको महान् चाड वैशाखेपूर्णिमा उँभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा विविधताभ...

एउटै बोटमा ५० थरिका स्याउ

बेलायत । स्याउ रोपेर कागतीको आस गर्न सकिँदैन । यो सर्वमान्य मान्यता हो । तर, एउटै जातको कुनै पनि फलफूल रोप्दा त्यसबाट कति किसिमका फल फल्न सक्लान् ? सामान्यतया एक जातको फलफूलबाट कलमी गरेर तीन, चार, पाँचवटासम्म फरक किसिमका फल फलाउन सकिन्छ भनेर हामीले सुनेका छौं । तर, बेलायतका एक किसानले एक स्याउको बोटमा ५० थरिका स्याउ फलाएर सबैलाई आश्चर्य–चकित बनाएका छन् । बेलायतको वेस्ट सुसेक्सनिवासी किसान ...

चार महिनाको मिहिनेतपछि थुलुङ राई भाषाको पाठ्यपुस्तक तयार

काठमाडौं । थुलुङ राई भाषाको शिशु र कक्षा एकको पाठ्यपुस्तक तयारी पूरा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भाषाविद् डा. तारामणि राईको प्राज्ञिक परामर्शमा चार महिनाको अथक प्रयासपछि थुलुङ राई भाषाको शिशु र कक्षा एकको पाठ्यपुस्तक तयार पार्न समिति सफल भएको हो । भाषाविज्ञानको सिद्धान्त, व्याकरण नियमलाई आधार मानेर पाठ्यपुस्तक तयार पारिएको लेखन तथा सम्पादन समिति सदस्य बलराम राईले बता...

गच्छदार र श्रेष्ठद्वारा पार्टी उपसभापतिमा दाबी

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले बिहीबार उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा बिहीबार नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आ–आफूले उपसभापति पाउनुपर्ने माग गरेका थिए। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए। ग...

पर्यटक राति ११ बजेसम्म हिँड्न सक्ने वातावरण बनाइनुपर्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले काठमाडौ उपत्यकामा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिएका छन् । विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भूसम्मको पदयात्रा कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दैै मन्त्री अधिकारीले काठमाडौंको आवश्यकता धान्न रातिसम्म घुमफिर गर्न सक्नेगरी व्यव...

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेला–बेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छन् । उन...

उपहारमा पाएको गैंडा लिन चिनियाँ प्रतिनिधि चितवनमा

चितवन । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया सुरु भएको छ । केही दिनअघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए । चिनिया प्रतिनिधिसमेत चितवन आएकाले बिहीबार पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन गरिएको थियो ।...

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

प्रकाश सिलवाल काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि च...