एक किलो नुनको २८०

लक्ष्मी गौतम ताप्लेजुङको हिमाली क्षेत्र घुन्सामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक उपभोग्य सामग्री सदरमुकाम फुङलिङ बजारको तुलनामा २० गुणा बढी मूल्य तिर्न बाध्य छन् । सदरमुकामदेखि २८ कोस दूरीमा पर्ने घुन्सालाई सडकले जोड्न नसक्नुका साथै फुङलिङदेखि भरिया र खच्चडमार्फत सामग्री ढुवानी गर्नुपर्दा स्थानीयसँगै आन्तरिक र बाह्य पर्यटकले महँगीको मार खेप्नुपरेको हो । ताप्लेजुङ सदरमुकाम फुङलिङमा २० रुपैय...

ग्रन्चमै गज्जब

छिरिङ लामा हिजोआज चलेको फेसन भनेकै ग्रन्च हो । ठाउँ–ठाउँमा पूरै च्यातिएको जिन्स पाइन्ट, झुत्रा निस्केको हाफ जिन्स पाइन्ट लगाएको देख्दा यो त निकै गरिब पो रहेछ भन्ने भान पर्न सक्छ । तर त्यसो होइन । यो फेसन हो, जुन अहिले बजारमा निकै चलनचल्तीमा छ । नेपालका अधिकांश युवामा ग्रन्चप्रतिको आकर्षण बढ्दो छ । ग्रन्च एउटा पूरै फेसन प्याकेज हो । यसअन्तर्गत सर्ट, नेकलेस, ब्रासलेट तथा ‘हेयर स्टाइल’ आदि पर्...

सुत्केरीलाई भत्ता दिने अस्पताल

दीपेन्द्र राई समयमै औधषोचार नपाएर ज्यान गुमाउनुपरेको समाचार प्रकाशन/प्रसारण भइरहँदा सोलुखुम्बुका लुक्लावासीले भने ५० रुपियाँको टिकट काटेपछि निःशुल्क औषधोचार पाउँदै आएका छन् । ५० रुपियाँको टिकटसम्म काट्न नसक्ने बिरामीले भने निःशुल्क औषधोपचारमात्रै होइन, खान–बस्ने सुविधासमेत अस्पतालले नै बेहोर्दै आएको छ । २८०० मिटर उचाइमा चौंरीखर्क–८ लुक्लामा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पतालमा सुत्केरी हु...

भूकम्पपीडितलाई तोकिएको बैंकबाट पहिलो किस्ताको अनुदान वितरण

भक्तपुर । भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई भोलि सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण गरिने भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी दिनुभयो । सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित बैं...

ऋणपत्रमा करिब चार अर्बको आवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको रु १० अर्बको विकास ऋणपत्रमा तीन अर्ब ७४ करोड बराबरको आवेदन परेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आज पहिलो दिन सामान्य रुपमा आवेदन परेको जानकारी दिनुभयो । आगामी केही दिन उक्त ऋणपत्रमा आवेदन दिने समय भएकाले आवश्यक मात्रामा आवेदन पर्ने उहाँले बताउनुभयो । बैंकले यसअघि बैंक तथा वित्तीय संस्थामा रहेको रु ४९ अर्ब आठ करोडमध्ये बोलकबोलबाट रु ४०...

दैनिक ५० करोड बराबरको लगानी प्रतिबद्धता

काठमाडौँ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताउनुभयो । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा महत्वपूर्ण आयो...

एटिएमबाट रकम निकाल्ने दुई भारतीय पक्राउ

काठमाडौँ । अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन मेहतालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । दुवै जनाले एटिएम बुथमा गएर ‘मेरो पैसा निस्किएन, कसरी निकाल्ने हो सिकाइ दिनुहोस्’ भनी अन्य ग्राहकसँग सोध्ने गरेका पाइएको छ । ...

सेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो । गतसाता १४८ कम्पनीको कारोबार भएको थियो । गत साता एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता ...